मलद्धार नभएको बच्चा जन्मिएपछि ………

मलद्धार नभएको बच्चा जन्मिएपछि ………

  • सोमवार, जेष्ठ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

 

मंगलसेन,८ जेठ ।
बाजुराको काँडामा  नौ दिन पहिले बिमला रोकायाले मलद्धार नभएको बच्चा जन्माएकी छन् । घरमै जन्म दिएकी उनले छोराले  तीन दिन सम्म छोराले दिसा नगरेपछि मात्र मलद्धार नभएको भन्ने थाहा भएको बिमलाले सुनाईन् ।

दिसा गर्ने ठाउँनै नभए पछि लगत्तै जिल्ला अस्पताल लगे पनि त्यहाँ उपचारमा कुनै सम्भव नभएपछि थप उपचारका लागि बयलपाटा अस्पताल ल्याईएको छ ।

बच्चाले खाएको दुधले पेट फुल्दै गएकोले तत्कालै शल्यक्रिया नभए बच्चाको ज्यानसमेत जोखिममा हुने संभावना देखे पछि चिकित्सकले ज्यान जोगाउन पेट चिरेर ठूलो आन्द्रा काटेर दिसा गर्नका लागि बैकल्पिक व्इवस्था गरिएको अस्पतालका निर्देशक डाक्टर सन्तोषकुमार ढुंगानाले बताउनुभयो। उहाँले भन्‍नुभयो, ‘यो एकदमै जटिल समस्या हो बच्चा तेस्रो दिनसम्म अस्पताल नपुगेको भए ज्यान जाने थियो।’

उनले बच्चाको जटिल शल्यक्रियाका लागि नवजात शिशु बिशेषज्ञ नै आवश्यक हुने भए पनि तत्काल बिशेषज्ञ उपलब्ध नहुँदा ज्यान जोगाउनका लागि शल्यक्रिया गरेको ढुंगानाले बताउनुभयो। बच्चालाई बेहोस पारी पेट चिरेर ठुलो आन्द्रालाई बाहिर निकाली त्यसलाई खोलेर दिसा आउने ठाँउ बनाईएको छ।

तर यो दिर्घकालिन समाधान नभएकोले बच्चालाई बिशेषज्ञ भएको ठाँउमै पुर्‍याउनु पर्ने डाक्टर ढुंगानाले परिवारलाई सल्लाह दिएका छन्। अबको केहि दिनमै बच्चाको जटिल खालको अप्रेसन गर्नुपर्ने उनले जानकारी दिनुभयो।

अहिले बच्चाले आमाको दुध खाईरहेको र दिसा पनि गरिरहेको अस्पतालले जानकारी दिएको छ। बच्चाको स्वास्थ्य अवस्था समेत सामान्य छ। यस्तोको खालको सामान्य सल्यक्रिया गर्न पनि ३०/४० हजार भन्दा बढी खर्च लाग्ने समेत चिकित्सकल बताउनुभयो।

बयालपाटा अस्पतालमा सबै सेवा निशुल्क भएकाले बच्चाको सबै उपचार नि:शुल्क भएको छ। छिटफुट मात्रमा यस्ताखालका समस्या आउने गरेका अस्पतालले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी