पिकासोको प्रेमिका डोनाको एउटै पेन्टिङ ४ अर्ब ६२ करोडमा बिक्री

पिकासोको प्रेमिका डोनाको एउटै पेन्टिङ ४ अर्ब ६२ करोडमा बिक्री

  • मङ्लबार, जेष्ठ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी , जेठ २ । विश्व चर्चित पाब्लो पिकासोको एउटा चर्चित पेन्टिङ करिब चार अर्ब ६२ करोड रुपैयाँ (४५ मिलियन अमेरिकी डलर)मा लिलामी बिक्री भएको छ ।

पिकासोले आफ्नी प्रेमिका डोना मारको तस्वीर पेन्टिङमार्फत् ‘सिटेड वुमेन इन ब्लु ड्रेस’ नाममा कोरेको बीबीसीले जनाएको छ ।दोस्रो विश्वयुद्धमा नाजी सेनाले उक्त पेन्टिङ जफत गरेपछि पेन्टिङलाई पेरिसको मोराविया सहर लैजानेक्रममा फ्रान्सका सैनिकहरुले खोसेर फिर्ता ल्याएका थिए ।

हालै बिक्री भएको उक्त ‘सिटेड वुमेन इन ब्लु ड्रेस’ नाम गरेको पेन्टिङलाई अमेरिकी संग्रहकर्ताले किनेका हुन् ।

उक्त पेन्टिङ यसअघि करिब २ अर्ब ६७ करोड रुपैयाँ (२६ मिलियन अमेरिकी डलर) मा खरिद–बिक्री भएको थियो ।

 

डोरा मार र पिकासोको प्रेम सम्बन्ध करिब ९ वर्षसम्म चलेको थियो । सन् १९३९ मा पिकासोले आफ्नै प्रेमिका डोनाको तस्वीर कोरेका थिए । त्यतिखेर पिकासो ५८ वर्षका थिए भने डोना ३१ वर्षकी थिइन् ।

बीबीसीका कला संवाददाता विसेन्ट डन्डकाअनुसार उक्त पेन्टिङ पिकासोले हतारमा आफ्नो जीवनको अन्त्यतिर बनाएका पेन्टिङमध्ये सबैभन्दा मूल्यवान र चर्चित रहेको थियो ।

विसेन्टले भनेका छन्–‘यस पेन्टिङमा पिकासोले प्रेम र चाहनालाई पेन्टिङको भाषामा उतारेका छन् ।’

सन् २०१५ मा पिकासोले नै कोरेको अर्को ‘वुमेन अफ अल्जियर्स’ नामक पेन्टिङ एक्सन हाउस क्रिस्टीले करिब १८ अर्ब ३६ करोड रुपैयाँ (१७९ मिलियन अमेरिकी डलर)मा लिलामीमार्फत् बिक्री गरेको थियो ।

पिकासोको बिक्री भएकामध्ये ‘वुमेन अफ अल्जियर्स’ अहिलेसम्मकै सबैभन्दा मूल्यवान पेन्टिङ हो ।

पिकासो सन् १८८१ अक्टोबर २५ मा स्पेनमा जन्मिएका थिए भने ९१ वर्षको उमेरमा सन् १९७३ अप्रिल ८ का दिन फ्रान्समा उनको मृत्यु भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी