सबै जिल्लाका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

सबै जिल्लाका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

  • बिहिबार, बैशाख २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, बैशाख २८ ।
स्थानीय तहको निर्वाचनमा मतदानका समयमा आउन सक्ने परिस्थितिलाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले तयारी अवस्थामा रहन सबै जिल्लाका स्वास्थ्य प्रमुखलाई निर्देशन दिएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले ७५ जिल्लाका सबै स्वास्थ्य प्रमुखलाई परिपत्र गर्दै आफ्ना जिल्लाका हरेक मतदान केन्द्रलाई लक्ष्य गर्दै आकस्मिक सेवाका लागि तयार रहन निर्देशन दिइएको जानकारी दिएका छन् ।

उनले भने ‘हामीले मतदान हुने दिनसम्म चिकित्सक, स्वास्थ्यकर्मी कसैलाई पनि बिदा वा काजमा नबस्न पत्र लेखेका छौँ । मतदानका समयमा मतदानमा देखिन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै आवश्यक औषधि, उपकरण, एम्बुलेन्स तयारी अवस्थामा राख्न भनेका छौँ ।’

करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जनतामा निकै उत्साह देखिएको छ । दुई चरणमा हुने निर्वाचनको पहिलो चरणअन्तर्गत यहीँ बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ मा निर्वाचन हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी