एजेन्सी । तपाईले बाँदरलाई मानिसको नक्कल गरेको देख्नु भएको छ होला तर के बस चलाउँदै गरेको देख्नु भएको छ? भारतको युपीस्थित बरेली शहरमा पार्किङमा राखिएको बसलाई चलाएर देखाएका छन्।
पार्किङमा राखिएको बसलाई बाँदरले स्टेयरिङमा हात राखेर चलाएका हुन्।जब ड्राइभरले बसलाई पार्किङमा राखेर पछाडीको सीटमा सुत्न गए तब बाँदरले साँचो लगाएर बस स्टार्ट गरेर चलाएको भारतीय सञ्चार माध्यमले जनाएको छ।
बरेलीको पुरानो रोडवेज बसस्ट्यान्डमा बाँदरले बस चलाएर ड्राइभरको निन्द्रा समेत भङग गरिदिएका थिए।
ड्राइभर उठेर बाँदरलाई खेदाउन लाग्दा उसले गियरमा चलाएर बस सडकमा कुदाएका थिए। बाँदरको यो कार्य देखेर सडकमा भउका यात्रु छक्क परेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
