दमका बिरामिले खान हुने र नहुने कुराहरू ! के गर्ने, के नगर्ने ?

दमका बिरामिले खान हुने र नहुने कुराहरू ! के गर्ने, के नगर्ने ?

  • बिहिबार, बैशाख २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

स्वाससम्बन्धी समस्या बनाउने रोगको नाम हो दम । दम रोग स्वास नलीमा हुने विभिन्न समस्याहरु तथा किटाणुहरुबाट हुन सक्ने संक्रमणबाट ग्रसित भएपछि देखिन्छ । यो रोग लाग्नासाथ दुःख दिँदैन । यसले फोक्सो सम्म असर पार्दछ । यसपछि निकै समस्याका रुपमा देखिन्छ । दम भएका बिरामीहरुमा स्वास फेर्न गाह्रो हुनु, हिँड्दा उकाले चढ्दा, आरालो चढ्दा, बोल्दा स्वास बढ्नु दम रोगका लक्षणहरु हुन् । छाती दुख्ने, खोकी लाग्ने, शरीर तात्ने पनि गर्दछ । पहेलो खकार, फिजजस्तो खकार, टासिने खालको, नछुट्टिने खालको खकार आउने पनि दमका लक्षणहरु हुन् ।

दमका बिरामीले खान नहुने कुराहरु

दमका बिरामीहरुले अवस्था हेरी खानपानको व्यवस्था गर्नुपर्दछ । जाँड, रक्सी, चुरोट, सुर्ति खानु हुँदैन । बढी चापेको बेलामा चिल्लो, दुध, दही, घिउ खानु हुदैन् । दमका बिरामीलार्य चिसोले फाइदा गर्दैन । केरा, फसी, मुला, तोरीको साग खानु हुदैन । धुलो धुँवाबाट बच्नु पर्दछ । केही खार वा सेन्ट आउने ठाउँमा बस्दा अप्ठारो हुन्छ । छाताीलाई चिसोबाट जोगाउनु पर्दछ । आफूलाई कुनै कुरा खाँदा गाह्रो हुने भएमा खाना बार्नुर्दपछ । यो रोग सबै उमेरकालाई हुने भएकाले केटाकेटी, बच्चाको लागि वशेष ध्यान दिनुपर्दछ ।

खान हुने तथा गर्नु पर्ने कुराहरु

दमका बिरामीलाई तातो पानी अमृत सरह हुन्छ । तातो पानी पिइरहने, बाफ लिने, नाक मुखबाट । खानेकुराहरु रस, रातो वा मुगको दाल तरकारीको झोलहरुले फाइदा गर्दछ । सुकेको अदुवाको टुक्रा मुखमा राख्दा वा चपाउँदा खोकी कम हुन्छ ।

कफ राम्रो संग बाहीर निस्कन्छ । कफ सकेसम्म सजिलोसँग निकाल्नुका लागी कागती, महपानी, फाइदाजन हुन्छ । खाना हल्का र सादा खानुपर्दछ । बेलुका घाम अस्ताउनुभन्दा अगाढी खाने र रातिमा तातो पानी भन्दा अरु केही नखाने दम अलि कम हुन्छ । अदुवा, पिपला, मरिच मिसाएर, पिध्ने र १–१ चम्चा धुलो महसँग खाँदा पनि राम्रो हुन्छ । यो रोगका बिरामीहरु निरन्तर रुपमा रोग सन्चो पार्न लागिरहनु पर्दछ । निराश भएर बस्नु हुदैन । सही खानपान र जीवनशैलीले रोग जरैबाट निस्केर जान्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी