‘फेसबुक लाइभ’ गर्नेमाथि कडाइ गर्ने , अनुगमन गर्न तीन हजारलाइ जागिर  

‘फेसबुक लाइभ’ गर्नेमाथि कडाइ गर्ने , अनुगमन गर्न तीन हजारलाइ जागिर  

  • बिहिबार, बैशाख २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, बैशाख २१ ।

अनुचित सामाग्री सञ्जालमार्फत प्रसारण हुन थालेकाले त्यसलाइ  नियन्त्रण गरिने भएकाे छ ।  घृणायुक्त टिप्पणी, बाल दुर्व्यवहार तथा आफैंलाई नोक्सानी पुर्याइएका घटना सो सञ्जालमार्फत प्रसारण हुन थालेकाले अनुगमन गर्न फेसबुकले तीन हजारजनालाई रोजगारी दिन लागेको बताएको छ ।

फेसबुकका प्रमुख कार्यकारी मार्क जुकर्बर्गले मानिसहरुले फेसबुक लाइभ मार्फत आफैंलाई अनि अरुलाई नोक्सानी पुर्याएको घटना प्रसारण भएको हेर्नु पर्दा आफ्नो मन कुँडिएको भन्दै त्यस्ता समस्याकारी भिडियोहरुको रिपोर्टिंग गर्न सहज बनाइने बताए ।

बीबीसीका अनुसार उक्त सामाजिक सञ्जालमा हत्या तथा आत्महत्या प्रत्यक्ष प्रसारण गरिएका घटना देखा परेपछि यी नयाँ कदम चाल्न लागिएका हुन् ।

एप्रिल महिनामा एकजना मानिसको हत्या भएको छटना फेसबुक लाइभ मार्फत प्रत्यक्ष प्रसारण भयो । सोही महिनामा एकजना थाई मानिसले आफु स्वयं र आफ्नो सी छोरीको हत्या उसैगरि प्रत्यक्ष प्रसारण गरे ।

जुकर्बर्गले फेसबुकको समुदाय व्यवस्थापन टोलीमा हाल भएका ४५ सय कर्मचारीका अतिरिक्त थप भर्ना गरेर त्यस्ता सामाग्रीबारे रिपोर्टिंग हुने वित्तिकै चाँडो प्रतिकृया जनाउन लागिएको जनाए । आफ्नो फेसबुक प्रोफाइलमा लेख्दै उनले कम्पनीले हरेक हप्ता प्राप्त गर्ने दशौं लाख सामाग्रीका रिपोर्टलाई व्यवस्थापन गर्न नयाँ औजार विकास गर्ने भनेका छन् ।

‘हामी समस्याबारे गुनासो वा रिपोर्ट गर्न सजिलो बनाउनेछौं। जसले गर्दा हाम्रा समीक्षकहरुले कुन सामाग्रीले हाम्रा मापदण्ड नाघ्छन् भनेर छिटो निर्धारण गर्न सक्नेछन् ।

‘गत साता हामीले कोही मानिसले लाइभ भिडियोमा आत्महत्या गर्न लागेको भन्ने जानकारी पायौं ।उनले भने तत्काल हामीले सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायलाई खबर गर्यौं, र तिनलाई आफैंलाई नोक्सानी पुर्याउनबाट जोगाउन सक्यौं,’।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी