सातामा कति पटक यौन सम्पर्क राख्नु उत्तम हुन्छ ? जान्नुहोस्

सातामा कति पटक यौन सम्पर्क राख्नु उत्तम हुन्छ ? जान्नुहोस्

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

एजेन्सी । तपाई कत्तिको सेक्स गर्न मन पराउनुहुन्छ ? सातामा एक, दुई या तीनपटक ? त्यसो त सेक्स जोडीको अवस्था, वातावरण तथा मुडमा पनि भर पर्छ ।समय समयमा सार्वजनिक हुने सेक्सबारे गरिएका अध्ययनमा सेक्स पुनरावृत्तिबारे पनि विभिन्न धारणा सार्वजनिक हुने गरेका छन् । हालै सार्वजनिक गरिएको एउटा अनुसन्धान ‘ट्रेसी कोक्स’ ले भने सुखद सम्बन्धका लागि यौनसम्बन्धको आवृत्तिबारे विभिन्न सुझाब दिएको छ ।

अनुसन्धानअनुसार कतिपटक सेक्स हुन्छ भन्ने कुरा जोडीमा भर पर्छ ।

दीर्घकालिन जोडीका लागि लामो समय सेक्स गर्नु निश्चय नै अस्वाभाविक हुन्छ । अनुसन्धान अनुसार रमाइला जोडीले सातामा चार पटकसम्म सेक्स गर्छन् । सेक्सले मानिसलाई कत्तिको खुसी बनाउछ त ? जोडीले एक अर्कालाई बेडमा खुसी राख्नका लागि सेक्स गर्ने जादूमय संख्या छ त ? तर नयाँ अध्ययनले सेक्स जोडीको दीर्घकालिन सम्बन्धलाई कसरी रमाइलो पार्छ भन्नेलगायत अन्य रोचक पक्षलाई पनि खुलासा गरेको छ ।

हरेक दिन यौनसम्पर्क गर्ने जोडी
यदि तपाई २५ वर्षभन्दा मुनि र भर्खरै सम्बन्ध बढाउँदै हुुनहुन्छ भने तपाईमा यौन जोसको कमि छैन । तर तपाईको जोडी बषौं पुरानो हो भने यौन कार्यमा पनि मन्दी आएको हुन सक्छ । तर केही वर्ष अगाडि धेरै जोडिको ध्यान तान्न सफल भएको ‘३६५ नाइट’ नामक पुस्तकको एक अंशलाई पढ्ने हो भने सेक्सले क्षणिक र दीर्घकालिन जोडी केही भन्दैन । लामो समयसम्म सँगै रहेका जोडीले ३६५ दिन नै सेक्स गरेको बताएका थिए ।
बर्षभरी सेक्स गर्दा उनीहरु खुसी हुने, कम तनाबग्रस्त र रिस हटेको ती जोडिले दाबी गरेका थिए । व्यस्त मानिसका लागि दैनिक सेक्स जटिल पक्ष हो । दिनहुँ सेक्स सबै जनाका लागि अव्यबहारिक विषय पनि हो । महिनामा ६ पटक सेक्स गर्ने जोडीलाई सेक्सको क्रम दोब्बर गर्दा के हुन्छ भनी सोधिएको एक अध्ययनमा केही सहभागी रिसाएका थिए । किनकी उनीहरु थोरै समय सेक्स गर्न मन पराउँथे ।

सातामा तीनदेखि चारपटक सेक्स गर्ने जोडी
सन् २००४ को एक अध्ययनमा पनि एउटा निस्कर्ष आएको थियो – जति सेक्स ग¥यो त्यति नै जोडी खुसी हुन्छन् । ‘नर्मल बार’ नामक पुस्तकले पनि यस धारणालाई सही साबित गरिदिएको थियो । अमेरिकाका तीन प्रख्यात लेखकहरुद्वारा लेखिएको यस पुस्तकमा पनि हजारौं जोडीलाई के विषयले खुसी पार्छ भन्ने जिज्ञासा राखिएको थियो । जबाफ सबैको एउटै थियो –सेक्स । सातामा तीनदेखि चारपटक सेक्स गर्दा उच्च तहको सन्तुष्टि प्राप्त हुने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका थिए ।

सातामा एक पटक सेक्स
औसत जोडी सातामा एकपटक मात्र सेक्स गर्न रुचाउछन् । विभिन्न समयमा गरिएका अध्ययनले यस्तै निस्कर्ष निकालेको छ । ब्रिटिश नागरिकको बेड टाइम बानीबारे सन् २०१३ मा गरिएको एक अध्ययनमा पनि प्राय बेलायती नागरिक महिनामा पाँच पटक सेक्स गर्न रुचाउने पत्ता लागेको थियो । त्यस्तै हालै अमेरिकाका २४ हजार विवाहित महिलामा गरिएको अनुसन्धानमा पनि सातामा एकपटकको सेक्समा नै उनीहरु खुसी र सन्तुष्ट देखिएको पत्ता लागेको थियो । सातामा एकपटक सेक्स गर्ने मानिस सातामा चारपटक सम्म सेक्स गर्नेभन्दा बढी खुसी भएको सो अध्ययनको निस्कर्ष थियो ।

५० काटेपछि सेक्समा घट्दो रुची
५० वर्ष काटेका हरेक चारमध्ये एक जनाले सेक्स नगर्ने गरेको अर्काे एक पछिल्लो अध्ययनले देखाएको छ । बेलायती संस्था ग्रान्सनेटको सो अध्ययनअनुसार आधाभन्दा बढी सहभागीले यौन बिनाको जीवन निकै सुखद भएको बताएका थिए । सेक्स नगर्दा पनि पार्टनरहरु खुसी हुन्छन् भन्ने तथ्य ५१ वर्षदेखि ५८ वर्ष समूहका मानिसमा गरेको यस अध्ययनले उजागर गरेको छ । यदि तपाई सधै खुसी हुनुहुन्छ वा जोडीबीच सुमधुर सम्बन्ध छ भने सेक्स नै सबैथोक होइन । प्राय सहभागीको पनि यस्तै धारणा रहेको थियो ।

सेक्स गर्ने कुनै नियम हुदैन

निश्चय नै सेक्सका लागि कुनै नियम छैन । यौन चाहनालाई नियमले बाँध्न पनि सकिदैन । अवस्था र उमेरले पनि यसलाई प्रभाव पार्छ । जस्तै तपाईका तीन चार वर्ष मुनिका तीन जनाभन्दा बढी सन्तान छन भने तपाईले चाहेर पनि नियमित सेक्स गर्न नसक्नुहोला । त्यस्तै कुनै अकल्पनिय घटना वा पीडामा हुनुहुन्छ भने तपाईको सेक्स आवृत्तिमा पनि अल्पबिराम लाग्ला । कामको थकानमा हुनुहुन्छ भने पनि सेक्सलाई अवश्य प्रभाव पार्छ  । तर तपाई भर्खर २१औ बसन्त पार गर्दै हुनुहुन्छ र भर्खरै सम्बन्ध बढाउदै हुनुहुन्छ भने दिनमा एक पटक पनि थोरै हो । तपाईको तन्दुरुस्तीको तह, स्वास्थ्य अवस्था, तनाब, प्रतिबद्धता, करिअरप्रतिको दबाब, डिप्रेसन, उत्तेजना हुन सक्ने क्षमता, लगायत अनगगिन्ती तत्वले सेक्समा प्रभाव पार्छ् ।डेलीमेलबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी