डिन, आर्थिक प्रशासन र क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी

डिन, आर्थिक प्रशासन र क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, १९ वैशाख । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा चिकित्सा शिक्षाको विशेषज्ञ तह (पोस्ट ग्राजुएट पिजी) कोटामा व्यवस्था भएको आरक्षण कोटा हटाउन माग गर्दै डिन, आर्थिक प्रशासन र क्याम्पस प्रमुखको कार्यालयमा विद्यार्थीले आज तालाबन्दी गरेका छन् ।

आइओएमका स्वतन्त्र विद्यार्थी युनियनले पिजी कोटामा आरक्षण दिँदा त्यसको दुरुपयोग भएकाले आरक्षण कोटा हटाउन माग गर्दै तालाबन्दी गरेको जनाएको छ ।

आइओएम स्ववियुका अध्यक्ष मिलन गैरेले भन्नुभयो, ‘‘पिजी अध्ययन गर्नु भनेको विशेषज्ञ तह हो । एमविविएस पढेका कोही पनि विपन्न वा आर्थिक हैसियत कम भएका हुँदैनन्, आरक्षणका नाममा हुनेखानेका छोराछोरीले नै अवसर लिने भएकाले जसका लागि लक्षित गरिएको हो, उसले त पाएकै छैनन्, त्यसैले आरक्षण हटाउनुपर्छ ।’’

चिकित्सा क्षेत्रमा विशेषज्ञ तह सम्वेदनशील हुने भएकाले योग्य व्यक्तिलाई मात्र छान्नुपर्ने हुन्छ । आफ्नो माग सुनुवाई नभए कडा आन्दोलनमा जानेसमेत युनियनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी