राति सुत्ने मानिसहरू भन्दा दिउँसो सुत्ने मानिसहरूको मृत्यु चाँडै !

राति सुत्ने मानिसहरू भन्दा दिउँसो सुत्ने मानिसहरूको मृत्यु चाँडै !

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, बैशाख १८ ।
राति सुत्ने मानिसहरू भन्दा दिउँसो सुत्ने वयश्क र पाको मानिसहरूको मृत्यु चाँडै हुने एक अध्ययनले देखाएको छ ।

युनिभर्सिटी अफ क्याब्रिजका अनुसन्धानकर्ताहरूले गरेको एक अध्ययनले ४० वर्षदेखि ६५ वर्ष उमेर समूहका मानिसहरू जो दिउँसो एक दुई घण्टा वा त्योभन्दा बढी सुत्ने गर्दछन् उनीहरूको मृत्यु हुने सम्भावना दिउँसो नसुत्ने मानिसहरूको तुलनामा दोब्बर हुने बताएका छन् ।

दिउँसोको निन्द्राले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने भएकाले विशेष गरी दिउँसोको निन्द्राले श्वास–प्रश्वाससम्बन्धी रोगहरू लाग्ने क्याम्ब्रिजका महामारीविद् यू लेंगले बताए । करिब १६ हजार मानिसहरूको बीचमा गरिएको अध्ययनअनुसार सन् १९९८ देखि २००० सम्मको अन्तरालमा उनीहरूको सुत्ने बानीको बारेमा जानकारी लिइएको थियो र उनीहरूबीच १३ वर्षसम्म अध्ययन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी