यी हुन् यौन आनन्दका वैकल्पिक उपायहरू

यी हुन् यौन आनन्दका वैकल्पिक उपायहरू

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

– डा. सुमनराज ताम्राकार 

एचआईभी/एड्सको महामारी बढेपछि एक व्यक्तिले अर्कोको यौनाङ्गमा प्रवेश नगराई यौन आनन्द प्राप्त हुने तथा शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कमा नआउने सुरक्षित वैकल्पिक यौन उपायहरूको खोजी हुन थाल्यो ।

यौन परिकल्पनासँगै हस्तमैथुनबाहेक यौन संवेदनशील अङ्गमा चुम्बन एउटा यस्तै उपाय हो । त्यसो त चुम्बन (अधरपान) माया, स्नेह प्रदर्शन गर्ने माध्यम पनि हो । यसका अनेक रूप छन् । यौन आनन्द प्राप्त गर्न ओठमा बाहेक गर्दन, छाती, स्तन, नाभी, नितम्ब, यौनाङ्ग, खुट्टाका औंलामा समेत चुम्बन गर्न सकिन्छ ।
त्यसैगरी आलिंगनमा लिई शारीरिक अङ्ग सुमसुम्याउनु स्नेह प्रदर्शन गर्ने एउटा प्रभावकारी उपाय हो । केश, स्तन, स्तनको मुन्टो, तिघ्रा, यौनाङ्ग वा शरीर घर्षण पनि यौन सुखदायक मानिन्छन् । त्यसैले पनि यौन दुव्र्यवहार गर्नेहरू महिलाका संवेदनशील अङ्गहरूको स्पर्श गरी यौन आनन्द लिन लालायित देखिन्छन् ।

परापूर्व कालदेखि नै मानिसहरू यौन साहित्यमा वर्णन गरिएका शब्दचित्रमार्फत यौन परिकल्पनामा डुब्थे वा यौन उत्तेजक दृश्य सामग्री अवलोकन गरी यौन आनन्द प्राप्तिमा लागेको अनुभवले देखाउँछ । अहिले सूचना–प्रविधिको विकाससँगै ठूलो परिवर्तन आइसकेको छ ।

यौन र गन्ध
मानव शरीरभरि तथा विभिन्न प्रणालीमा ग्रन्थिको उपस्थितिसँगै ग्रन्थिरस उपलब्ध हुन्छ । शरीरको बाह्य पत्र अर्थात् छालालाई हल्का तैलीय राख्न पनि छालामुनि रहेका ग्रन्थि निरन्तर सक्रिय अवस्थामा रहन्छन् ।

त्यसका अतिरिक्त काखी, काछ तथा स्तनमुनि पृथक गन्धको रस उत्पादन हुन्छ भने यौनाङ्ग विशेष तथा सहायक यौनाङ्ग (स्तन) बाट छुट्टै श्राव उत्पादन हुन्छ । तैलीय तथा एपोक्राइन ग्रन्थिमध्ये पछिल्लोको ग्रन्थिबाट उत्पादित ग्रन्थिरसले विशेषत: यौन आकर्षणको भूमिका निर्वाह गर्छ अर्थात् फेरोमोनको काम गर्छ । यी सबैको समुच्चा अवस्थाले व्यक्ति विशेषमा पृथक खालको गन्ध उत्पन्न हुन्छ ।

ग्रन्थिरसको उत्पादनमा उमेर विशेष वा महिलामा भए मासिक श्राव चक्रको समय विशेषमा पृथक् गन्ध प्रवाह हुन्छ । त्यही भएर लामो समयसँगै बसेकाहरूले एक–अर्कालाई गन्धका माध्यमबाट पनि चिन्न सक्छन् । मानसिक तनाव वा उत्तेजनाको अवस्थामा त्यस्ता ग्रन्थि बढी सक्रिय भै त्यसमा ब्याक्टेरिया सिर्जना हुनसक्छ, जसबाट दुर्गन्धसमेत फैलन्छ ।

प्राकृतिक रूपको यस्तो गन्ध छोप्न कृत्रिम बास्नादार स्प्रे (परफ्युम) को प्रयोगबाट क्षणिक फाइदा पुगे पनि यो राम्रो कुरा होइन, तैपनि यस्तो परफ्युमले समय विशेषमा थप यौनिक मादकता प्रदान गर्छ भने कतिपय अवस्थामा प्रतिकूल परिणाम ल्याउँछ ।

हरेक मानिसमा समयअनुसार गन्धको प्रकृति फरक–फरक हुनसक्छ । त्यही भएर महिला यौन साथीले आराम गर्नुपर्ने बेलामा पुरुषलाई चित्ताकर्षक नलाग्ने गन्ध निस्कन बेर लाग्दैन । महिनावारी, गर्भावस्थामा तथा प्रसावोत्तर समयमा श्रीमान वा पुरुष यौन साथी महिला यौन साथीप्रति यौनिक हिसाबले आकर्षित नहुनुको कारण पनि यही हो ।

व्यक्ति विशेषको पृथक् गन्धकै कारण यौन आकर्षण बढ्ने वा वितृष्णा पैदा भै दाम्पत्य जीवन थप सुमधुर हुने वा धरापमा पर्न सक्ने दुवै अवस्था रहन्छ । यसरी यौन क्रिया पूर्व स्पर्श, दृष्टि वा ध्वनिको जत्तिकै गन्धको भूमिका नभए पनि विशेष परिस्थितिमा गन्धको छुट्टै महत्व छ ।- साप्ताहिकबाट ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी