सरकारले क्यान्सर उपचारका लागि कार्यविधि बनाउँदै 

सरकारले क्यान्सर उपचारका लागि कार्यविधि बनाउँदै 

  • आइतवार, बैशाख १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौँ, १७ वैशाख । सरकारले सबै अस्पतालमा क्यान्सरको उपचारमा एकरुपता ल्याउन क्यान्सरको प्रोटोकल (कार्यविधि) बनाउन लागेको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको नेतृत्वमा नेपालका क्यान्सर विशेषज्ञसहितको टोलीले प्रोटोकलको प्रारम्भिक मस्यौदामा आज र भोलि विज्ञहरुसँग छलफल गरिन लागिएको छ ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले दुई दिने छलफल कार्यक्रमको उद्घाटनमा बोल्दै नेपालमा नसर्ने रोगका कारण हुने मृत्युदर बढ्दै गएकाले उपचारमा सहजता र एकरुपता ल्याउन प्रोटोकल आवश्यक भएको बताउनुभयो ।

“सरकारले क्यान्सरलगायतका १२ वटा कडा रोगमा उपचारका लागि रु एक लाख उपलब्ध गराउँदै आएको छ । क्यान्सरका बिरामीलाई पनि उक्त रकम दिएपनि उपचारमा सहजता आउन सकेको छैन । कतिपय बिरामीले आर्थिक भार बढी भएकाले उपचार गराएका छैनन् । प्रोटोकलले यस्ता समस्या हल गर्नेछ ।”

व्यवस्थापन महाशाखाका निर्देशक डा वासुदेव देवकोटाले सरकारले विपन्न नागरिकलाई उपलब्ध गराउँदै आएको आर्थिक सहयोगबाटै कति उपचार गर्न सकिन्छ भनेर प्रोटोकलले मार्गनिर्देश गर्नाले जहाँ क्यान्सरको उपचार हुन्छ त्यहाँ एकै पद्धति तथा खर्चमा उपचार हुनेछ ।

विश्व स्वास्थ्य सङ्गठनका मेडिकल अधिकृत डा एन्ड्रयू ल्बावीयाले नेपालमा नसर्ने रोगले हुने मृत्युमध्ये ६५ प्रतिशत मृत्यु क्यान्सरका कारण हुने बताउनुभयो ।

प्रोटोकलले उपचारमा एकरुपता ल्याउने र कतिसम्म उपचार निःशुल्क गर्ने, कसरी गर्ने, के के खर्च बिरामी आफैँले गर्नुपर्छ भन्ने निर्देश गर्ने भएकाले सबै सरकारी र निजी अस्पतालले प्रोटोकलको पालना गर्नुपर्ने हुन्छ ।

भोलिसम्म हुने छलफलले प्रोटोकललाई अन्तिमरुप दिने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी