एजेन्सी , १६ बैशाख ।
कुनै बच्चाको मोबाईलमा कामुक तस्वीर आएमा या आफैले फोटो खिचेमा आमाबाबुलाई सतर्क गर्ने मोबाईल एप्सको निर्माण भएको छ ।
गैलरी गार्डियन नाम दिईएको उक्त एपले बच्चालाई बहकाउने खालका सबै तस्वीरबाट बचाउन सक्ने जनाईएको छ ।
कसैले आफ्नो फोनमा एस्ता तस्वीर सेव गरेमा उक्त ऐप आमा बाबुको मोवाईलमा अलर्ट पठाईदिन्छ । यिपो टेक्नोलोजिका सस्थापक डेनियल स्कोर्वोन्सकीका अनुसार ऐपको बुझ्न (प्रयोगमा ल्याउन ) एकदम सजिलो छ ।
यस्तै कसैले मोवाईलमा नग्न तस्वीर हेरेरहेको भएपनि सोबारे एपले जानकारी गराउने निर्माण कम्पनिले जानएके छ । त्यतिमात्र नभएर कति जनाले उक्त तस्वीर हेरे भनेर समेत ऐपले आफै अनुसन्धान गरि सङख्या देखाईदिने र उक्त तस्वीर संदिग्ध हो हैन भन्ने पनि छुट्याउने जनाईएको छ ।
यो ऐपको बारेमा समाचार बनाउनु अघि बीबीसीले समेत प्रयोग गरेर अध्ययन गरेको जनाएको छ । सो क्रममा कपडा लगाएका तस्वीरहरु उक्त ऐपले नसमातेको र शरिरका केशि भाग भने क्याप्चर गरेको बीबीसीमा उल्लेख छ ।
पुरै २० कामुक तस्वीरमा अनुसन्धान गर्दा १२ तस्वीर समाउन सफल भएको र ८ तस्वीर भने छुट्याउन नसकेको पाईएको जनाईएके छ । ऐप निर्माणकर्ता डेनियलका अनुसार यसले नग्न( भित्रि अंग) देखाईएका तस्वीरलाई स्क्रीनमा फोकस गरी समाउनेछ ।

