नसर्ने रोग सम्बन्धमा पत्रकारलाई प्रशिक्षण

नसर्ने रोग सम्बन्धमा पत्रकारलाई प्रशिक्षण

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

धादिङ, १५ वैशाख । हर्ट इन्टरनेसनल तथा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङद्वारा धादिङबेसीमा पत्रकारलाई नसर्ने रोग सम्बन्धमा प्रशिक्षण दिइएको छ ।

पत्रकारले लेख, रचना र समाचारको माध्यमद्वारा रोगी तथा सर्वसाधारणलाई जनचेतना जगाउने, सुसूचित गर्ने भएकाले पत्रकारका लागि विहीबार एकदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाले बताए ।

सर्ने रोगभन्दा मुटु, मधुमेह, ब्लडप्रेसर, श्वासप्रश्वास, क्यान्सर, मिर्गौला र मानसिक रोगजस्ता नसर्ने रोगले ६२ प्रतिशत मानिस प्रभावित हुने गरेको र त्यसमध्ये २२ प्रतिशत मुटु रोगी हुने गरेकामा उच्च रक्तचाप, मधुमेह, मदिरापान, धुम्रपानजस्ता रोगको एकआपसमा अन्तरसम्बन्ध रहने भएकाले त्यसबारे प्रारम्भिक जानकारी आवश्यक पर्ने बताइएको थियो ।

डा उमाकान्त तिवारीसहितको विशेषज्ञ टोलीले नसर्ने रोगको तीन जोखिम तत्वमध्ये पहिलोमा उमेर, लिङ्ग र पारिवारिक इतिहास, दोस्रोमा उच्च रक्तचाप, मधुमेह, कोलेस्टोरल, मोटोपना र तेस्रोमा जीवनशैली, धुम्रपान, मदिरापान, अस्वस्थकर खाना र निष्क्रिय जीवन रहेकाले रोग लागेर उपचार गराउनुभन्दा लाग्न नदिनेतर्फ सजगता अपनाउनु बेस हुने बताएका थिए ।

कार्यक्रममा नसर्ने रोगका कस्ता लक्षण हुन्छन् त्यसका लागि कस्ता उपचार विधि अपनाउनुपर्ने हो, सक्रिय तथा स्वास्थ्य जीवनयापनका लागि नियमित व्यायाम तथा खानपिनप्रति दिनुपर्ने ध्यानलगायत विषयवस्तुमाथि श्रव्य दृश्यको माध्यमद्वारा समेत प्रकाश पार्ने कार्य गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी