विद्यार्थीहरूका लागि जंकफुड र कोल्ड ड्रिक्स निषेध : स्वास्थ्य मन्त्रालय

विद्यार्थीहरूका लागि जंकफुड र कोल्ड ड्रिक्स निषेध : स्वास्थ्य मन्त्रालय

  • बुधबार, बैशाख १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, बैशाख १३ ।
आजभोली बच्चादेखि बुढापाकासम्म खाजाका लागि रोजाइमा ‘जंकफुड’ पर्न आउँछ । धेरैजसो विद्यार्थीहरूको खाजाको पहिलो रोजाइ ‘जंकफुड’ पर्ने गरेको छ । हेर्दै लोप लाग्दो रङ्गीबिरङ्गी बत्तामा प्याक गरिराखेका खानेकुराहरूले सबैको ध्यानाकर्षण गर्ने गर्छ । त्यस्ता ‘जंकफुड’मा रासायनिक पदार्थ मिसावट हुने भएकाले स्वास्थ्यमा सिधै असर पु¥याउने हुन्छ ।

कलिला बालबालिकाहरूको स्वास्थ्यप्रति चासो दिँदै स्वास्थ्य मन्त्रालयले स्कूल जाने बच्चाहरूका लागि जंकफुड र कोल्ड ड्रिङ्क्स निषेध गर्ने तयारीको थालनी गर्दैछ ।

यसका लागि निजी विद्यालयहरूको संगठन प्याब्सन र एनप्याब्सनबीच सम्झौता गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान अन्तर्गत हरेक विद्यार्थीलाई स्वस्थ राख्न प्याब्सन र एनप्याब्ससँग समझदारी गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयले समझदारी पत्रको खाकासमेत तयार पारिसकेको छ । केही दिनमा समझदारी पत्रमा हस्ताक्षर हुने मन्त्रालय स्रोतले जनाएको छ ।

प्रत्येक विद्यालयमा एक जना नर्सको व्यवस्था गरी विद्यार्थीलाई स्वास्थ्य शिक्षा दिने तथा नियमित स्वास्थ्य परीक्षण र स्वस्थ व्यवहार अवलवन गराउनुपर्ने सम्झौता पत्रमा उल्लेख भएको जनाएको छ । यस्तै, विद्यालय हाताभित्र चिनीयुक्त गुलियो पेय पदार्थ (कोल्ड ड्रिङ्क्स) र जंकफुड निषेध गर्ने, घरमा तथा टिफिनमा बच्चालाई पोषिलो खानेकुरा दिन अभिभावकलाई प्रोत्साहन गर्ने जस्ता कुराहरू सम्झौता पत्रमा उल्लेख भएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी