खुलासीमाका कारण औलो रोग नियन्त्रणमा चुनौती

खुलासीमाका कारण औलो रोग नियन्त्रणमा चुनौती

  • बुधबार, बैशाख १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

काठमाडौँ, १२ वैशाख । नेपाल भारतबीच खुलासीमाका कारण औलो रोग नियन्त्रणमा चुनौती थपिएको छ ।

विश्व औलो दिवस–२०१७ का अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सन् २०२६ सम्ममा औलोमुक्त गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न सूक्ष्मदर्शकयन्त्रको भन्दा पनि शीघ्र औलोको परीक्षण गर्ने सामग्री (आर.डि.टी)को प्रयोग बढाउनु तथा विषादीयुक्त झूलको वितरणलाई निरन्तरता दिनुपर्ने जनाएको छ ।

सो अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले सरकारले सन् २०२६ सम्ममा औलोमुक्त नेपालको दूरगामी लक्ष्यको परिकल्पना गरिएकाले यस रोगको नियन्त्रणमा आइपर्ने चनौतीलाई सामना गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

ज्वरो बिना औलो रोग नलाग्ने भएकाले ज्वरो आउने वितिकै स्वास्थ्य संस्थामा गएर उपचार गराउनुपर्ने पनि उहाँले बताउनुभयो ।

महाशाखाका उपस्वास्थ्य प्रशासक डा भेषराज पोखरेलले नेपालमा देखिएको औलो रोगीमध्ये ५० प्रतिशत आयातीत भएको जानकारी दिनुभयो । उहाँका अनुसार, सन् २०१६ मा एक हजार ३६ औँलो रोगी भेटिएको र तीमध्ये ४९५ जना आयातीत बिरामी भएको जानकारी दिनुभयो ।
नेपालमा बर्सेनि करिब दुई हजार औलोका बिरामी हुने गरेका छन् । यो रोग सङ्क्रमित पोथी एनोफिलिज लामखुट्टेको टोकाइबाट लाग्ने गर्छन् । यो रोगबाट सबैभन्दा बढी गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका जोखिममा छन् ।

“नेपालमा खुला सिमाना र वैदेशिक रोजगारमा गएर फर्केकाबाट औलोको जोखिम भएकाले यसको नियन्त्रणमा समस्या भइरहेको छ”, डा पोखरेलले भन्नुभयो, “नेपालमा ४८ प्रतिशत जनता औलोको जोखिममा छन् । भारतमा काम गरी फर्केका र अफ्रिकी मुलुकमा शान्ति सेनामा गएका सुरक्षाकर्मीमा औलोको भाइरस बढी मात्रामा भेटिने गरेका छन् ।”

विश्व स्वास्थ्य सङ्गठनका डा नेहाल सिहले विश्वबाटै नै औलो नियन्त्रण हुन लागेकाले नेपालले पनि यसका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपालमा चार वर्षयता औलोबाट कसैको मृत्यु नभएको महाशाखाले जनाएको छ । ‘सदाका लागि औलाको अन्त्य गरौँ’ भन्ने नाराका साथ आज विश्व औलो दिवस नेपालमा पनि विभिन्न कार्यक्रमगरी मनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी