तपाईंको एक मिनेटले दिन्छ स्वास्थ्यमा यस्तो चमत्कार

तपाईंको एक मिनेटले दिन्छ स्वास्थ्यमा यस्तो चमत्कार

  • मङ्लबार, बैशाख १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, बैशाख १२ ।
हामीसँग एउटा साधारण तरिका छ, जुन स्वास्थ्यको लागि लाभदायक पनि छ । तपाईंहरूले मात्र आफ्नो जिब्रोबाट आफ्नो तालु (Palate) लाई छुनु पर्नेछ र सास लिनुपर्ने हुन्छ । जुन–जुन व्यक्तिलाई राति सुत्ने बेलामा निन्द्रा लाग्दैन तिनीहरूले यो उपाय लागू गर्यो भने राम्रो निद्रा लाग्छ ।

तर तपाईंहरूले यस्तो व्यायाम गर्नुभयो भने एकदमै लाभदायी हुन्छ । यसको सिधा प्रभाव तपाईंहरूकै स्वास्थ्यमा पर्छ ।

व्यायाम गर्ने तरिका
जिब्रोको चुच्चाले आफ्नो तालुलाई छोएर बिस्तारै नाकले सास भित्र बाहिर गर्ने । सास बाहिर निकालेपछि रोकेर चार अङ्कसम्म गणना गर्ने र फेरी सास लिने र रोकेर सात अङ्कसम्म गणना गर्ने । त्यसपछि लामो सास लिएर मुख फुलाएर आठ अङ्कसम्म गणना गरी सिटी बजाएको आवाज निकाल्ने । यही प्रक्रियालाई चार पटक गर्नुपर्ने हुन्छ ।

चिकित्सककाअनुसार यो व्यायाम दिनहुँ गर्ने तर यो प्रक्रिया दुई तीन महिनासम्म लगातार गर्यो भने शारीरिक हिसाबले विज्ञानको सहयोगले आफूले आफूलाई एक महत्वपूर्ण परिवर्तन देख्न सकिने छ ।

यसो गर्दा पाचन शक्ति राम्रो हुने गर्छ र मुटुको धड्कन कम गरी रक्तचापमा पनि राम्रो सुधार आउँछ ।

तपाईंहरूलाई राति सुत्ने बेलामा समस्या र तनाबका कारण निन्द्रा लागेन भने यो तरिका अपनाएको खण्डमा स्वास्थ्यमा क्रमिक रूपमा सुधार आउनुका साथै निन्द्रा पनि राम्रोसँग लाग्न ठूलो मद्दत पुग्नेछ । तान्त्रिक तन्त्रलाई प्राकृतिक तरिकाले निको पार्न यसले सहयोग गर्छ र तनावबाट टाढा राख्न र आराम गर्न यसले ठूलो सहयोग पुर्‍याउँछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी