भृकुटीमण्डपमा बैंकिङ एक्स्पो बैशाख १५ बाट सुरु हुने

भृकुटीमण्डपमा बैंकिङ एक्स्पो बैशाख १५ बाट सुरु हुने

  • मङ्लबार, बैशाख १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, बैशाख १२ ।
नेपालमै पहिलो पटक काठमाडौंको भृकुटीमण्डपमा बैशाख १५ देखि १७ गते सम्म बैकिङ एक्म्पो सञ्चालन हुने भएको छ ।
नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एसोसिएसनलगायत संस्थाको सहकार्यमा उक्त एक्स्पो हुने भएको छ ।

नेपाल राष्ट्र बैंकका उप–निर्देशक विभुप्रसाद अर्यालले पहिलो पटक बैंकिङ एक्स्पो हुन लागेकाले सबै बैंकीङ्ग क्षेत्रको बारेमा एउटै ठाउँमा अध्ययन गर्न सकिने, बैंक सम्बन्धी सूचना जनता समक्ष ल्याउन सो मेला प्रभावकारी हुने बताएका छन् ।

बैंकर्स संघका सदस्य अशोक शेरचनले बैंकिङ क्षेत्रका बारेमा बुझ्न र बैंकिङ कर्जाबाट उद्यमी बन्नका लागि मेला महत्वपूर्ण अवसर भएको पनि बताएका छन् ।

यस कार्यक्रममा बैंक तथा सेयर बजारमा राम्रो प्रभाव पर्नेमा धेरैले अपेक्षा गरेका छन् ।  व्यवस्थापन, कृषि र पर्यटन जस्ता उद्यमशीलताको खोजीमा अध्ययन गरिरहेका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराएर नेपालमै उद्यमी बनाउने यस कार्यक्रमको उद्देश्य रहेको जनाएको छ ।

बैकिङ, लघुवित्त, बिमा, सेयर बजारसँग सम्बन्धित तथा अन्य संघ–संस्थाका गरी करिब ४५ कक्ष सञ्चालन हुने आयोजकले जनाएको छ । त्यस्तै नेपाल राष्ट्र बैंक, बिमा समिति, नागरिक लगानीकोष, युवा स्वरोजगार कोष, बिमा कम्पनी, माइक्रोफाइनान्स तथा विप्रेषण कम्पनीले सूचनामूलक कक्ष राख्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी