भक्तपुर, बैशाख ११ ।
डाक्टर इवामुरा मेमोरियल अस्पताल भक्तपुरले एक महिने पित्तथैलीको पत्थरी सम्बन्धी स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।
भक्तपुरमा आज आयोजित एक कार्यक्रममा अस्पतालका मेनेजर रन्जीत मारिखुले बैशाख १५ गतेदेखि जेठ १५ गतेसम्म हुने शिविर आयोजनाका लागि आवश्यक तयारी भैरहेको जनाएका हुन् ।
उक्त शिविरमा एक सय ५० जनाको अप्रेशन गर्ने योजना रहेको पनि उनल बताएका छन् । भक्तपुरमै पहिलो पटक अत्याधुनिक मेशिनको प्रयोग गरेर पित्तथैलीमा भएको पत्थरीको अप्रेशन गर्न लागिएको मेनेजर मारिखुले जानकारी दिए ।
अस्पतालले शिविर अवधीमा उपचारमा आएका विपन्न परिवारका नागरिकलाई ६५ प्रतिशत छुट दिने भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline