नवजात शिशुलाई तीन दिनपछि जमिनमुनिबाट जीवितै उद्दार

नवजात शिशुलाई तीन दिनपछि जमिनमुनिबाट जीवितै उद्दार

  • आइतवार, बैशाख १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी, बैशाख १० ।
एक नवजात शिशुलाई आफूले जन्म दिई पुरेको तीन दिनपछि जमिनमुनिबाट जीवितै उद्दार गरिएको छ ।

दक्षिण अफ्रिकाको क्वाजुल नेटल प्रान्तमा रहेको पडक शहरकी एक २४ वर्षीया महिलाले आफ्नो आमाबाबुको डरले उक्त बच्चालाई जन्म दिई आफूले काम गर्ने काठ कारखानाकै जमिनमा माटो र काठका टुक्राहरूले आफ्नो शिशुलाई पुरेकी थिइन् ।

गत बिहीबार तीन दिनपछि त्यहीँ काम गर्नेहरूले बच्चा रोएको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त क्षेत्रमा अनुसन्धान तथा खोजतलास गर्दा जीवितै नवजात शिशुलाई माटोमुनिबाट निकालेको ‘डेलिमेल’ले जनाएको छ ।

ती महिलालाई प्रहरीले पक्राउ पनि गरिसकेको छ । महिलाले पनि उक्त नवजात शिशु आफ्नो रहेको स्वीकार गरेकी छन् । न्यून आयस्तर भएकी ती महिलाले यसअघि नै एक सन्तान भएको र फेरी यो बच्चा पनि हुँदा आमाबाबुको डरले उक्त नवजात शिशुलाई गाडेको प्रहरीसमक्ष बयान दिएकी थिइन् ।

शिशुलाई अहिले सेपस्टोन क्षेत्रीय अस्पतालमा इन्टेसिभ केयर युनिट (आईसीयू)मा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रमुख (कप्तान) गेराल्ड फेकाले दिएको जानकारीअनुसार ती महिलाले पुनः त्यस्तै हर्कत गर्न सक्ने भन्दै अस्पतालले बच्चालाई प्रहरीको जिम्मा लगाउन चाहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी