एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार

एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार

  • शनिबार, बैशाख ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

झापा, ९ वैशाख ।

मारवाडी सेवा समिति विर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घँुडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार शिविर विर्तामोडमा सुरु गरेको छ ।

११ दिनसम्म चल्ने शिविरमा एक्युप्रेसर पद्दतिबाट उपचार गरिने शिविर आयोजक समितिका संयोजक भगवाद दास सिङगलले जानकारी दिनुभयो ।

१८ गतेसम्म सञ्चालन हुने शिविरमा मारवाडी सेवा समिति, मारवाडी महिला मञ्च, मारवाडी युवा मञ्च र मारवाडी कन्या मञ्चको संयुक्त आयोजना रहेको छ ।

शिविरमा डा लक्ष्मीनारायण स्वामी, डा अरविन्दकुमार र डा अभिजितले सेवाग्राहीको स्वास्थ्य जाँच गरिरहनुभएको छ । एक्युप्रेसर रिसर्च एन्ड टिर्टमेन्ट इस्टिच्युट जोधपुर राजस्थान भारतको प्राविधिक सहयोगमा शिविर सुरु भएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी