एजेन्सी, बैशाख ९ ।
संसारलाई नियालेर हेर्ने हो भने धेरै कुरा छन् । सबैको आ–आफ्नै कला, संस्कृति र परम्परा छन् । नेपालको भित्री र दुर्गम जिल्लाभित्र पसेर हेर्ने हो भने पनि अचम्मको संस्कृति भएको समुदाय पनि छन् । तर, यहाँ प्रस्तुत गर्न लागेको कुरा भने नेपालको नभई सार्क राष्ट्रकै एक सदस्य राष्ट्र बंगलादेशको एक आदिबासी समुदायको हो । सुन्दा पनि अचम्म लाग्न सक्छ । सार्क राष्ट्रभित्रको एक सदस्य राष्ट्रमा पनि यस्तो परम्परा रहेको छ भन्दा ।
हाम्रो नेपाली समाजमा बाबु र छोरीको सम्बन्धलाई सबैभन्दा पवित्र सम्बन्धको रूपमा लिइन्छ । तर, बंगलादेशको एक आदिबासी समुदायभित्र बाबुले आफ्नै छोरीसँग बिवाह गर्छन् र सहवास पनि गर्न पाउँछन् । तर यो कुरा सत्य हो ।
बंगलादेशको एक आदिबासी समुदायमा यस्तो चलन रहेको छ जहाँ बाबुले छोरीसँग बिवाह गरी घरजम गर्न पाउँछन् यसमा आमाको समर्थन पनि रहन्छ ।
हामी कहाँ ठूलो पाप मानिने यस्तो परम्परा बंगलादेशको मण्डी नामक आदिबासी जनजाति समुदायमा प्रचलनको रूपमा कायमै रहेको छ । यो समुदायमा पुरुषहरूले छोरी जन्मिएसँगै आफ्नै छोरीसँग बिहे गर्ने सपना देख्छन् । अनि छोरीको उमेर पुगेसँगै इच्छा जागेमा आफ्नै छोरीसँग सहवास र बिहे गर्छन् ।
त्यहाँ सदियौँदेखि यो परम्परा चलिआएको छ । उक्त जनजाति समुदायकी एक महिला ओरोलाकाअनुसार उनी सानैँ छँदा उनका बुबाको मृत्यु भएको थियो ।