हेर्दै डरलाग्दो नाक, मुख नै नभएको बच्चा जन्मिएपछि…

हेर्दै डरलाग्दो नाक, मुख नै नभएको बच्चा जन्मिएपछि…

  • शनिबार, बैशाख ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

एजेन्सी, बैशाख ९ ।
हरेक गर्भवती आमाको इच्छा भनेको स्वस्थ र सुन्दर बच्चा जन्मियोस् भन्ने हुन्छ । तर, सबै आमाका ती इच्चा पूरा हुन नसक्ने रहेछ । अफ्रिकी देश क्यामरुन की एक महिलाको हकमा भने यस्तै कुरा लागू भएको छ । उनले यस्तो बच्चा जन्माइन् की जसलाई देखेर मान्छेहरू धेरै डराएका थिए ।

ती महिलाले जन्माएको उक्त बच्चाको शरीरमा आधा अंग नै थिएन । बच्चाका दुबै आँखा जोडिएका थिए । आँखा आफ्नो स्थानमा थिएनन् । निधारको बीच भागमा थिए र स्वाभाविक भन्दा ठूला देखिन्थे । बच्चाको आँखा देख्दा डर लाग्ने किसिमको थियो । बच्चाको टाउको सामान्य भन्दा निकै ठूलो थियो ।

बच्चाको एउटा मात्रै कान थियो भने बच्चाको नाक र मुख नै थिएन । यस्तो डरलाग्दो बच्चा जन्मिएको खबर सुनेर मानिसहरू टाढा–टाढाबाट समेत हेर्न आएका थिए । तर, सबैजसो व्यक्ति बालकको नजिक पर्न डराए । जम्मा भएका मान्छेहरूले हालसम्म त्यस्तो बच्चा कहीँ कतै नदेखेको भन्दै बच्चालाई राक्षसको संज्ञासमेत दिएका छन् ।

अस्पतालका नर्सले पनि अस्पतालमा हालसम्म यस्तो बच्चा नजन्मिएको बताइन् । बच्चाको मुख र नाकका साथै मलद्वार पनि नभएको नर्सले जानकारी गराइन् । जन्मिएको केहीँ मिनेटमा नै बच्चाको मृत्यु भएको थियो । बच्चाको नाक नभएको र स्वाश लिन नपाएका कारण मृत्यु भएको चिकित्सकहरू बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी