यो महिना दुई पटक उल्का वर्षा हुने

यो महिना दुई पटक उल्का वर्षा हुने

  • बुधबार, बैशाख ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, बैशाख ६ ।
नयाँ वर्षको पहिलो महिना बैशाखमा मौसमले साथ दिएको खण्डमा यो महिना नेपाली आकाशमा दुई पटक उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइनेछ ।

बैशाखमा हेर्न नसकिए यस्तो दृश्य हेर्नलाई कार्तिक महिनासम्म कुर्नुपर्ने हुन्छ । नेपाल इस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईकाअनुसार बैशाख ५ गतेदेखि सक्रिय भएको बीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) बैशाख १२ गतेसम्म सक्रिय रहनेछ ।

बैशाख ९ गते पौने १० बजे अत्याधिक सक्रिय हुनेछ । अत्याधिक सक्रियताको समयमा प्रतिघण्टा १५ र २० वटा उल्का खसेको देख्न सकिनेछ । बैशाख १३ गते औँशी परेकोले यस वर्षको उल्का बैशाख ९ गते राति पौने १० बजेदेखि पौने ३ बजेसम्म हेर्दा उत्तम हुने अध्यक्ष भट्टराई बताए ।

थ्याचर नामक पुच्छ्रेताराले छोडेका धुलोको कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा सो उल्का वर्षा देखिने गर्दछ । थ्याचर पुच्छ्रेताराले सूर्यको एक फन्को लगाउन चार सय १५ वर्ष लगाउँछ ।

अध्यक्ष भट्टराईकाअनुसार बैशाख २३ गते कुम्भ उल्का वर्षा (एटा एक्वारिड मिटियोर सावर) हुँदैछ । उक्त दिन दक्षिणी गोलाद्र्धबाट प्रतिघण्टा ५५ वटाभन्दा बढी उल्का देखिने भए पनि नेपालबाट १० देखि ३० वटासम्म देख्न सकिनेछ । हेली नामक पुच्छ्रेताराले छोडेका धुलोको कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा सो उल्का वर्षा देखिने गर्दछ । हेली पुच्छ्रेताराले सूर्यको एक फन्को लगाउन ७६ वर्ष लगाउँदछ ।

पुच्छ्रेतारा वा धुम्केतुहरूले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलोको कण छोड्ने गर्छन् जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन् ।

यसरी फैलिएका धुलोको कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा धुलोको कण पृथ्वीको वायुमण्डलमा ठोक्किँदा उल्का देखिन्छ । यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी