६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई ‘भिटामिन ए’ खुवाईदै

६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई ‘भिटामिन ए’ खुवाईदै

  • बुधबार, बैशाख ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, बैशाख ६ ।
‘भिटामिन ए’ खुवाउन स्वास्थ्य केन्द्र तथा नजिक पर्ने वडाहरूमा केन्द्र तोकिएको छ । ६ महिनादेखि ५ वर्ष मुनिका ३३ लाख बालबालिकालाई आज र भोली देशभरी ‘भिटामिन ए’ खुवाइदै छ ।

जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब ३३ लाख बालबालिकालाई ‘भिटामिन ए’ र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका खटिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले टाइप २ पोलियो भ्याक्सिन हटाएर टाइप १ र टाइप ३ को भाइभ्यालेण्ट पोलियो खोप खुवाइने छ ।

सन् १९८८ देखि विश्वमा पोलियो उन्मूलन कार्यक्रमअन्तर्गत नेपाललगायत विश्वका एक सय ५५ देशले पोलियो खोप दिँदै आएकोमा अहिले ५१ देशमा निरन्तरता दिँदै आएको छ ।

नेपालमा सन् २०१० यता कसैलाई पोलियो नदेखिए पनि नेपाल अझै न्यून जोखिमयुक्त मुलुकअन्तर्गत रहेकाले जनघनत्व बढि भएको क्षेत्रमा पोलियो खुवाउने गरिएको हो ।

पोलियो रोग देखिएको देशहरूमा वर्षको चार पटक, संक्रमण हुन सक्ने देशहरूमा ३ पटक, जोखिमयुक्त देशहरूमा दुई पटक र अति न्यून जोखिमयुक्त देशमा एक पटक पोलियो खुवाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी