८ ओटा हात–खुट्टासहित जन्मिएका बालकको यसरी गरियो ‘जीवन बदल्ने’ शल्यक्रिया (फोटोफिचर)

८ ओटा हात–खुट्टासहित जन्मिएका बालकको यसरी गरियो ‘जीवन बदल्ने’ शल्यक्रिया (फोटोफिचर)

  • मङ्लबार, बैशाख ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी । 

८ ओटा हात–खुट्टासहित जन्मिएका करम नाम गरेका इराकी बालकको सफल उपचार भएके छ ।

भारतको नयाँदिल्लीस्थित जयपी अस्पतालमा ती बालकको सफल शल्यक्रिया भएपछि बाबु–आमासँगै घर फर्किएका छन् ।

गत अक्टोबरमा उनका बाबु–आमाले शल्यक्रियाका लागिलगिएका ती बालकको ६ महिनाभित्र तीन चरणमा ‘जीवन बदल्ने’ शल्यक्रियामार्फत् सफल उपचार गरिदिएपछि करम स्वस्थ भएर घर फर्किएका हुन् ।

८ हात–खुट्टासहित जन्मेपछि उपचार नहुने हो कि भनेर करमका बाबु–आमा डराएका थिए । तर, सात महिनाका छोरोको सफल शल्यक्रिया सम्पन्न भएपछि दुबैजना खुसी छन् ।

२८ वर्षीय बाबु सर्वेद अहमद नादरले करम आफ्नो एक्लो र पहिलो सन्तान भएकोले विशेष भएको बताए । उनले भने–‘अहिले मेरो छोरो स्वस्थ छ र हामी सबै परिवार निकै खुसी छौं ।’


शल्यक्रियामा संलग्न अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा. गौरव राठौरले आफ्नो पेसामा अहिलेसम्मकै जटिल ‘केस’ भएकोले धेरै मेहनतकासाथ शल्यक्रिया सम्पन्न गरेको बताए ।

डा. राठौरले भने–‘जब करम अस्पताल आएका थिए, उनी जम्मा दुई हप्ताका थिए र उनको अवस्था निकै जटिल थियो ।’

डा. राठौरकाअनुसार अस्पताल आउँदा करमको चारओटा अतिरिक्त खुट्टा र दुई हात थिए । एक जोडी खुट्टा सामान्य नै थियो । तर, अरु खुट्टाहरु हातजस्तै लामो–छोटो फरक–फरक थिए ।

चिकित्सकहरुले करम गर्भाशयमा जुम्ल्याहा रहेको तर एक भ्रुण विकसित हुन नसक्दा सबै अंग एउटैमा विकसित भएकाले ‘पोलिमेलिया’का कारण जन्मजात नै विकृत देखिएको बताएका छन् ।

अस्पतालले यस्तो किसिमको जन्म निकै दुर्लभ विकार भ्रूणबाट हुने उल्लेख गरेको छ । यस्तो जन्ममा आमाको गर्भाशयमा जुम्ल्याहा भ्रूणको विकास हुन सुरु हुने तर पछि पोलिमेलियाका कारण दुबै भ्रुणमध्ये एक वा सबै भ्रुण विकसित हुन बन्द हुने गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी