डाइक्लोफेनेक औषधिको प्रयोग नगर्ने बारे प्रतिबद्धता

डाइक्लोफेनेक औषधिको प्रयोग नगर्ने बारे प्रतिबद्धता

  • मङ्लबार, बैशाख ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

इनरुवा, बैशाख ५ ।
सुनसरीका पशु प्राविधिकले गिद्धलाई असर पार्ने डाइक्लोफेनेक नामक औषधिको प्रयोग नगर्ने बारे प्रतिबद्धता जनाएका छन् ।

सुनसरीको हरिनगरा गाउँपालिकास्थित बसन्तपुरमा सोमबार सम्पन्न भएको एक दिने गिद्ध संरक्षणसम्बन्धी कार्यक्रममा सहभागी भएका पशु प्राविधिकले पशुमा डाइक्लोफेनेक औषधिको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

डाइक्लोफेनेक औषधिको प्रयोगका कारण गिद्ध लोपन्मुख अवस्थामा पुगेको एक अध्ययनले देखाएको तथ्य कार्यक्रममा प्रस्तुत गरिएको जिल्ला पशुसेवा कार्यालय सुनसरीका पशु प्राविधिक केशव श्रेष्ठले बताएका छन् ।

गाईवस्तुमा डाइक्लोफेनेक औषधिको प्रयोग गर्दा गाईवस्तु मरेपछि गिद्धले सिनो खाने गरेको र त्यसका कारण गिद्धसमेत मर्ने गरेको जनाएको छ । नेपाल पाराभेटनरी लाइभस्टक एसोसिएसन सुनसरीका अध्यक्ष गणेश मेहताले पशु प्राविधिक नै गिद्धलाई संरक्षण गर्ने वा मार्ने भएका कारणले अबदेखि डाइक्लोफेनेक औषधिको प्रयोगमा प्रतिबन्ध लगाई गिद्धको संरक्षणमा लागेको बताएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी