वीर अस्पतालले अक्सिजन उत्पादन गर्ने

वीर अस्पतालले अक्सिजन उत्पादन गर्ने

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, ४ वैशाख । लामो समयको प्रयासपछि वीर अस्पतालले अक्सिजन उत्पादन गर्ने मेसिन (अक्सिजन जेनेरेटर प्लान्ट) खरिद गरेको छ ।

एक ठाउँबाट अन्य स्थानमा सजिलै सार्न सक्ने गरी कन्टेनरमा सबै उपकरण जडान भएको उक्त मेसिन रु दुई करोड ६६ लाखमा अस्पतालले खरिद गरेको हो ।

अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले अन्य अस्पतालमा एक स्थानमा राखेपछि अन्यत्र सार्न नमिल्ने मेसिन भएको तर वीरमा ल्याइएको मेसिन भने आवश्यक परेमा अन्यत्र पनि सहज रुपमा सार्न मिल्ने पहिलो कन्टेनर मेसिन भएको जानकारी दिनुभयो ।

मेसिन ल्याएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने, सेवा पनि छिटो हुने उहाँले बताउनुभयो ।

वीर अस्पतालमा दैनिक करिब एक सय सिलिन्डर अक्सिजन खपत हुने गरेको छ । त्यसका लागि प्रत्येक महिना रु १८ लाखसम्म खर्च हुने गरेको अस्पतालले जनाएको छ । “अब अस्पतालले आफै अक्सिजन प्लान्ट जडान गर्छ, यो प्लान्ट सुरु भएपछि वार्षिक रु एक करोडसम्म बचत हुन्छ,” निर्देशक डा बस्नेतले भन्नुभयो– “यो मेसिन प्रत्येक दिन १५१ सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।”

अस्पतालमा खपत भई बाँकी रहेका अक्सिजन सिलिन्डर बिक्री गर्न पनि सकिन्छ अस्पतालका प्रमुख प्राविधिक सुनिल श्रेष्ठले भन्नुभयो– “अस्पतालकै अगाडि राखिएको मेसिन जडित कन्टेनरको अहिले प्राविधिक काम भइरहेकाले अबको हप्ता दिनमा यो सञ्चालनमा आउँछ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी