विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु

विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु

  • आइतवार, बैशाख ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ ३ वैशाख ।
‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ । हिजोबाट नै अभियान सुरु गर्ने भनिए पनि हिजो शनिबार परेकाले आजदेखि देशभर भर्ना अभियान सुरु भएको हो ।

विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका ५ देखि ९ वर्षका ३.१ प्रतिशत बालबालिका र आधारभूत तह कक्षा १ देखि ८ सम्मका ५ वर्षदेखि १२ वर्ष उमेर समूहका ९ प्रतिशत बालबालिकालाई विद्यालय ल्याउन अभियान सञ्चालन गरिएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो ।

महानिर्देशक पौडेलले २०७३ सालमा प्राथमिक उमेर समूह ५ वर्षदेखि ९ वर्षका विद्यार्थीको खुद भर्ना दर राष्ट्रिय औसत ९६.९ प्रतिशत रहेको र आधारभूत तह कक्षा १ देखि ८ सम्मको ५ वर्षदेखि १२ वर्ष उमेर समूहको खुद भर्ना दर राष्ट्रिय औसत ९१ प्रतिशत रहेकोे बताउनुभयो ।

विद्यालय बाहिर रहेका बालबालिकाको खोजी गरी उनीहरुलाई विद्यालयमा ल्याउन र विद्यालयमा टिकाइराख्न भर्ना सुरु भएको हो । जुम्ला, हुम्ला, डोल्पा, मनाङ र मुस्ताङमा भने गत फागुन १ गतेदेखि नै भर्ना अभियान सुरु भएपनि अन्य ७० जिल्लामा भने आजदेखि सुरु भएको विभागले जनाएको छ ।

भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाइराख्न सरकारले निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति वितरण, अभिभावक शिक्षा अभियान, वैकल्पिक सिकाइ केन्द्र, दिवा खाजा, अनौपचारिक प्राथमिक शिक्षा, वैकल्पिक शिक्षा र प्राथमिक बाल शिक्षा जस्ता कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी