नयाँ वर्षसँगै सुरु भयो ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान

नयाँ वर्षसँगै सुरु भयो ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान

  • शुक्रबार, बैशाख १, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, बैशाख १ ।
आजबाट नयाँ वर्ष २०७४ साल प्रारम्भ भएको छ । यसै अवसरमा स्वास्थ्य मन्त्रालयले ‘म स्वस्थ, मेरो देश स्वस्थ’ भन्ने मूल नाराका साथ ‘मेरो वर्ष अभियान–२०७४’ को सुरुवात गरेको छ ।

सूर्ति तथा चिनीजन्य पदार्थ, मद्यपान, धुम्रपानलगायतको न्यूनीकरण तथा वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ वर्षभर चलाइने यो अभियानको प्रधानमन्त्री पुष्पकमल दाहालले सुरुवात गरेका हुन् ।

दशरथ रङ्गशालाबाट आयोजित दौड अभियानको प्रधानमन्त्री दाहालले सुरुवात गरेका हुन् । अभियानका बारेमा जानकारी गराउँदै स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वस्थ प्रणाली र सेवाको विकास गर्नु सरकारको दायित्व भएको बताए ।

अभियानका क्रममा सरोकारवाला निकायहरूसँगको सहकार्य प्रबद्र्धन गरिने, उच्च जोखिमयुक्त रोगहरूको पहिचान र रोकथामको लागि प्याकेज निर्माण गर्ने, जनचेतना विस्तारका लागि मोबाइल एप्स सुरु गरिने पनि उनले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी