रासायनिक मलको प्रयोग लाई विस्तारै विस्थापित गर्न सकिन्छ :रबि कृष्ण जोशी

रासायनिक मलको प्रयोग लाई विस्तारै विस्थापित गर्न सकिन्छ :रबि कृष्ण जोशी

  • बिहिबार, चैत्र ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

१० वर्ष अगाडी भन्दा वर्तमान अवस्थामा रासायनिक मलको सटृा प्राङगारिक मलप्रयोग गर्ने किसानहरु धेरै मात्रामा वृद्धि भई रहेको अवस्था छ । पछिल्ला वर्षहरुमा प्राङगारिक मल प्रयोग गर्ने किसानहरुको सङख्या वढदै गएको छ । नेपाल सरकारले प्राङगारिक मल उद्योग राख्नको लागि मेशीनरी सामानहरुमा ५० प्रतिशत अनुदान दिएकोले मल उद्योगहरु बढ्दै आएका छन् । विगत १३ वर्ष देखि थाईल्याण्ड वाट जैविक प्राङगारिक मलक्वेन थोंग र न्यू लाईट झोल मल आयात गरी विक्रीवितरण गरी आएका रबि कृष्ण जोशीले हाल मोरङ जिल्लाको टंकीसिनबारी गा.वि.स .मा एशीयन जैविक मल उद्योग प्रा.लि. संचालन गरी उर्जा ब्राण्ड को प्राङगारिक मल बजारमा ल्याईसकेका छन् । उनी नेपालमा किसानहरुलाई प्राङगारिक खेतीतर्फ उन्मुख गराउन र हाल सम्म पनि प्राङगारिक मलको प्रयोगमा बृद्धि गर्न चेतनामूलक कायक्रमहरु गर्दै पनि आएका छन् । भरखरै मोरङको टंकीसिनबारीमा एशीयन जैविक मल उद्योग समेत संचालन गरेका उनी प्राङगारिक मल अहिले १० वर्ष अगाडीको तुलनामा हजार गुणा बढीले बिक्रि हुनुले जैविक मलको उत्पादन र बिक्रीको हिसावले पनि भविष्य राम्रो देखेको कुरा सुझाउँछन । उनै जैविक मल उद्योगका संचालक जोशीसँग नेपालमा जैविक मलको प्रयोगको अवस्था के कस्तो छ र रासायनिक मललाई विस्थापित गर्न साँच्चिकै सकिन्छ त भनि कुराकानी गरेको थियो । प्रस्तुत छ सोही कुराकानीको संपादितअंशः

नेपालमा प्राङगारिक मलहरुको अवस्था के छ ?
हाम्रो देशको परिप्रक्षमा प्राङगारिक मलको अवस्था हेर्ने हो भने हिजो हामीले १३ वर्ष अगाडी थाईल्याण्डबाट आयात गरी विक्रि गर्दा कोही कसैले पनि पत्याउँदैन थियो अहिलेको अवस्था त्यो छैन किसानहरुले माटोको अवस्था बुझी सक्नु भएको छ । प्राङगारिक मल प्रयोगमा वृद्धि भइरहेको कारणले प्राङगारिक मलको अवस्था मात्र होइन उद्योगको भविष्य समेत राम्रो छ । अझ भन्नुपर्दा कृषि विकास मन्त्रालयले मलमा रु १० प्रती के.जी. अनुदान दिएको कारणले किसाहरुको आकर्षण नेपाली मलमाथी परि सकेको कारण आयातित मलको बिक्रिमा ५० प्रतीशतभन्दा बढी कम भई सकेको अवस्था छ । त्यही कारणले हामीले पनि हालसालै मोरङको टंकीसिनबारीमा एशीयन जैविक मल उद्योग स्थापना गरी उर्जा ब्राण्डको धुलो प्राङगारिक मल बजारमा ल्याई सकेको छु ।
नेपालको प्राङगारिक मल र अहिलेसम्म विदेशवाट आयातित प्राङगारिक मलमा फरक के छ ?
बिदेशवाट आयातित भन्दा नेपालमा उत्पादीत प्राङगारिक मल मूल्यमा हे¥यो भने धेरै सस्तो र आफ्नै देशको कच्चापदार्थबाट बनेको कारणले पनि प्रयोगको लागि अति उतम हुन्छ । विदेशबाट आयातित मल बैज्ञानिक तरिका अपनाएका छन भने त्यो हामी पनि अपनाउन सक्छौँ । अहिले नेपाल सरकार कृषि विकास मन्त्रालयले प्राङगारिक मलको मापदण्ड तोकिदिएको छ त्यही गुणस्तरको हुनुपर्छ । यही कारणले गर्दा पनि नेपाली प्राङगारिक मल पनि गुणस्तरयुक्त हुन्छ ।
नेपाली प्राङगारिक मलको गुणस्तर चाँहि कस्तो छ त ?
कृषि विकास मन्त्रालयले प्राङगारिक मलको मापदण्ड तोकेको छ त्यही मापदण्डमा उत्पादन गर्नुपर्छ भने हामीकहाँ पनि त बैज्ञानिकहरु हुनुहुन्छ विदेशीले बनाएको राम्रो नेपालीले बनाएको नराम्रो त्यो कहिले पनि हुँदैन । हिजो कसैले गलत ग¥यो भन्दैमा सबैलाई एकै ठाउँमा राखेर हेर्नु पनि हुँदैन । नेपालमा उत्पादित प्राङगारिक मल गुणस्तरयुक्त भएका कारण गुणस्तर नभए कसरी बिक्रि हुन्छ ? हिजोको अवस्था छैन आज समय फेरी सकेको छ किसानहरुले आँफै छुट्याउन सक्नुहुन्छ । गुणस्तरहिन मल बेचेर आफ्नो साख कोही बिगार्न चाहँदैन त्यसैले गुणस्तरको विषयमा व्यवसायीहरु पनि सुचेत छ गुणस्तरयुक्त मल नै उत्पादन गरीन्छ । त्यसैले किसानहरुको राजोईमा नेपाली प्राङगारिक मलहरु परि सकेको छ भनेर हामी भन्न सक्छौँ ।

आयात गरेर जैविक प्राङगारिक मलबिक्री गरी रहनु भएको व्यक्ति किन आँफै मल उत्पादनमा लाग्नु भो त ?
राम्रो प्रश्नगर्नु भयो अशिमजी । हिजो हामीले थाइल्याण्डबाट मल आयात गरी बिक्रि गर्दा प्रती के.जी.रु. ३५ रुपैँया थियो भने आज त्यो मूल्य वढेर रु.६० पुगिसकेको छ । मूल्यको हिसाब गर्ने हो भने किसानहरुले त्यो मलप्रयोग गर्न धेरै गाह्रो भईसकेको छ भने सरकारले नेपाली मललाई प्रती के.जी. रु.१० अनुदान उपलव्ध गराउँदै आएको छ त्यहीकारणले नेपाली गुणस्तरयुक्त मल रु.३० प्रती के.जी. को मललाई किसान ले रु.२० मात्र तिरे पुग्छ भने ६० रुपैँया प्रती के.जीको मल किसानले किन्न गाह्रो हुन्छ । विदेशवाट आयात गरेको मलको गुणस्तर हामी आँफै दिन सक्छौँ भनेर नै उर्जा प्राङगारिक मल उत्पादन गरेको हो ।
रासायनिक मललाई विस्थापित गर्न सकिन्छ त नेपालबाट ?
खाद्य सुरक्षाको कुरालाई सम्झेर हामीले रासायनिक मल एकै पटक विस्थापित गर्न हुँदैन पनि तर रासायनिक मलको प्रयोग लाई विस्तारै विस्थापित गर्न सकिन्छ भन्ने कुरामा म ढुक्क छु । हामीले प्राङगारीक मलको उत्पादन बढाउँदै जाने, किसानहरुलाई जिल्ला कृषि विकास कार्यालय, संघ संस्थाहरु सँग सहकार्य गरेर मलप्रयोग सम्बन्धि तालिम दिने, सञ्चार माध्यमबाट प्राङगारिक मल सम्वन्धि विशेष कार्यक्रमहरु प्रसार गर्ने । यसरी अगाडी वढेको खण्डमा किसानहरु स्वतः स्फुर्त रुपमा प्राङगारिक मलप्रयोग मा वृद्धि हुन्छ भने रासायनिक मल बिस्तारै विस्तापित भई हाल्छ नि ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी