म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान २०७४ भोलिदेखि सुरु

म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान २०७४ भोलिदेखि सुरु

  • बिहिबार, चैत्र ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, चैत्र ३१ ।
मेरो वर्ष : म स्वस्थ, मेरो देश स्वस्थ अभियान–२०७४ भोलिबाट सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा एक विशेष कार्यक्रमको आयोजना प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भएको छ ।

राजधानीमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी सो अभियानबारे स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिनुका साथै स्वास्थ्य मन्त्रालयको सेवा विस्तार बारे जानकारी गराए ।

स्वास्थ्य मन्त्रालयको सेवा विस्तारअन्तर्गत तल उल्लेखित सेवाहरू उपलब्ध गराउने भएको छ ।

विपन्न नागरिक उपचार सहायता : कडा रोग ८ बाट १२, निःशुल्क डायलाइसिस सेवा र निःशुल्क मृगौला प्रत्यारोपण
बाथ मुटुको भल्भ शल्यक्रिया निःशुल्क

मुटु र क्यान्सरको उपचार सेवा विस्तार, काठमाडौं बाहिर डायलाइसिस सेवा विस्तार

सबै स्वास्थ्य चौकीसम्म निःशुल्क मृगौलाको प्रारम्भिक परीक्षणका लागि डीप स्टीक टेस्ट

७५ वटै जिल्लामा निःशुल्क भीआईए स्क्रिनिङ

५० भन्दा बढी अस्पतालमा फार्मेसीको स्थापना र सञ्चालन आउँदो वर्षसम्म सबै अस्पतालमा र

काठमाडौंमा जनता स्वास्थ्य केन्द्रहरूको स्थापनाको लागि सम्झौता क्रमशः सबै नगरपालिकाहरूमा विस्तार गर्ने आदि रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी