काठमाण्डौ ,२९ चैत ।
साई पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर प्रा.लि.ले राजधानीमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर अझै दुई दिन सम्म जारी रहने छ ।
साई डाईवेटिज थाईराईड एण्ड हर्मोन क्लिनिक स्थापनाको
नयाँ बर्षको शुभकामना दिनका लागी विश्व स्वास्थ्य दिवशका अवसरमा गत चैत्र २५ गतेदेखि सुरु भएको स्वास्थ्य शिविर आगामि चैत ३१ गतेसम्म जारी राखिने आयोजकले जनाएको छ ।
शिविरमा आधुनिक उपकरण तथा ल्याव राखि विशेषज्ञ चिकित्सकहरुद्धारा डाईवेटिज ,थाईराईड , हर्मोनको समस्या , मुटु रोग , मृगौला रोग ,दात तथा आँखाको समस्या भएकाहरुको निशुल्क उपचार भईरहेको छ ।
नयाँबानेश्वर स्थित अल्फाबिटा कम्प्लेक्समा भईरहेको शिविरमा डा. शन्देश पन्थी ,डा. कमल लम्साल , डा सुमित आचार्य लगायतका बिशेषज्ञ डाक्टरहरुले सेवा दिईरहेका छन् ।शिविरबाट हालसम्म ६ सय जनाले सेवा लिईसकेका छन् ।