प्रेममा धोका पाएपछि इञ्जिनियरले गरे रोबोटसँग विवाह !

प्रेममा धोका पाएपछि इञ्जिनियरले गरे रोबोटसँग विवाह !

  • सोमवार, चैत्र २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सी, चैत्र २२ ।
संसारमा दिनहुँ जसो भइरहने अचम्मका घटनाले मानिसहरू कहिले हसाउँछ त कहिले सोच्न बाध्य पनि बनाउँछ ।

अहिलेको समयमा एकले अर्कालाई प्रेम गर्नु कुनै नौलो कुरा होइन तर, प्रेममा असफल भएपछि त्यस मानिसले के गर्छ उसलाई नै थाहा हुँदैन । चीनका एक इञ्जिनियरले आफ्नो प्रेमिकाबाट धोका पाएपछि उनी रोबोटसँग विवाह गर्दै सम्पूर्ण जीवन उसैसँग बिताउने निर्णय गरेको छ ।

चीनको झेजियाङ प्रान्तमा बस्ने झेंग जीयजीयले जब आफ्नी प्रेमिकाबाट धोका पाएपछि उनी आफैँले महिला रोबोट बनाएका छन् र आफ्नो इच्छाअनुसार विवाह गर्न लागेका हुन् । उनको विवाहमा आफ्नो परिवार र साथीसङ्गीले पनि साथ दिएका छन् ।

त्यस रोबोटले चीनियाँ भाषाका केही सरल शब्दहरू बोल्न पनि सक्छन् । ३१ वर्षका झेंग कृत्रिम रोबोट बनाउन सिपालु छन् । उनले रोबोट बनाउन र डिजाईन गर्नेमा डिग्री हासिल गरेका छन् । प्रेमिकाले धोका दिएपछि उनी निराश थिए त्यसपछि उनको साथीले रोबोट बनाउने सल्लाह लिएपछि रोबोटसँग विवाह गर्ने निर्णय गरे ।

अब त्यो आफ्नो पत्नी रोबोटलाई स्तरवृद्धि गर्न तयारी गर्दैछ । त्यस रोबोटले हिँड्न र घरेलु कामकाजलाई मद्दत गर्न पनि सक्छ । उनले आफ्नो सम्पूर्ण जीवन महिला रोबोटसँग बिताउने तयारीसमेत गरेका छन् । यो विवाह देखेर उनको परिवार सबै खुसीसमेत भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी