काठमाडौं, चैत्र २७ ।
के तपाईं अफिसमा काम गर्नुहुन्छ ? कुनै विशेष कामले तपाईं बाहिर निस्किँदै हुनुहुन्छ ? के तपाईंलाई घण्टा–घण्टामा पिसाब लाग्ने समस्या छ ? यदि छ भने सोच्नुहोस् तपाईंलाई कति टेन्सन भएको होला ।
सामान्यतया गर्मीको समयमा छिन–छिनमा बाथरुम जानुपर्ने स्वाभाविक नै हो । किनकी गर्मीको समयमा पानीको धेरै सेवन गर्नुपर्ने हुन्छ । तर, तपाईंले पानीको सेवन कम गर्दा पनि छिन–छिनमा बाथरुम जानुपर्ने समस्या भोगिराख्नु भएको छ भने हामी तपाईंलाई यसको समस्या र कारणबारे केही जानकारी प्रस्तुत गर्दैछौं ।
पिसाब आउने कारण :
छिन–छिनमा पिसाब आउनुको विशेष कारण भनेको मूत्रथैली थप सक्रिय हुनु हो । मूत्रथैली थप सक्रिय भएको खण्डमा छिन–छिनमा बाथरुम जानुपर्ने समस्या हुन्छ ।
डायबिटिज :
डायबिटिज हुने व्यक्तिहरूलाई पनि छिन–छिनमा बाथरुम जानुपर्ने समस्या हुन्छ । किनकी डायबिटिज हुने व्यक्तिहरूको शरीरमा भएको रगत र सुगरको मात्रा अधिक हुने भएकाले यस्तो समस्या हुन्छ ।
किड्नीमा संक्रमण :
पिसाब ट्रयाक्ट संक्रमण हुने व्यक्तिहरूले पनि यस्तो समस्याको सामना गर्नुपर्ने हुन्छ । यस्तो स्थितिमा छिन–छिनमा बाथरुम जानुपर्ने हुन्छ र धेरै जल्ने पनि हुन्छ । कहिले काहीँ किड्नीमा संक्रमण भएमा पनि छिन–छिनमा बाथरुम जानुपर्ने हुन्छ ।
स्वास्थ्यसँग सम्बन्धित यस्ता कारणलाई बेवास्ता गर्नुभन्दा अगाडि सबैभन्दा पहिले डाक्टरको उचित सर–सल्लाह लिँदा नै आफ्नो स्वास्थ्यलाई फाइदा हुन्छ ।