इलाममा असुरक्षित तरिकाले गर्भपतन

इलाममा असुरक्षित तरिकाले गर्भपतन

  • सोमवार, चैत्र २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

इलाम, चैत्र २८ ।
सरकारले गर्भपतन सेवालाई निःशुल्क र सुरक्षित गरे तापनि इलाममा अझै पनि असुरक्षित तरिकाले गर्भपतन गराइरहेका छन् । असुरक्षित तरिकाले गर्भपतन गराएका कारण धेरै महिला थप उपचारका लागि अस्पताल आउने गरेका छन् ।

इलाम अस्पतालका तथ्याङ्क शाखाका अनुसार असुरक्षित तरिकाले गर्भपतन गराएर ४४ जना थप उपचारमा आएका छन् । अस्पताल तथ्याङ्क शाखाका कर्मचारी वाचस्पति भट्टराईले असुरक्षित र अनाधिकृत स्वास्थ्य संस्थामा गर्भपतन गराउने र औषधि सेवन गरेर समस्याग्रस्त बनेर अस्पताल आउने गरेको बताएका छन् । सुरक्षित गर्भपतन सेवा निःशुल्क भइसके पनि सेवाग्राही असुरक्षित र अनैतिक तरिकाले गर्भधारण गरेपछि समाजको डर–त्रासका कारण कतिपयले गर्भपतनका लागि असुरक्षित तरिका अपनाउने गरेका छन् ।

अघिल्लो वर्ष मात्रै असुरक्षित तरिकाले गर्भपतन गराउँदा जटिलता निम्तिएपछि ९१ जनाले अस्पतालबाट सेवा लिएका थिए । ‘धेरैले पहिले औषधि किनेको ठाउँ भन्न चाहँदैनन्’, इलाम अस्पतालकी स्टाफ नर्स सबिना श्रेष्ठले भने, ‘जटिल अवस्थामा पुगेपछि दुःख पाइयो भनेर आउने धेरै छन् ।’ जिल्लाका फिक्कल, मंगलबारे, प्याङ प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पतालका साथै जिल्लाको केही स्वास्थ्य चौकी गरी १५ ठाउँबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी