मानसिक स्वास्थ्य नीति छिट्टै लागू हुने , यसरी मनाईयो स्वास्थ्य दिवश

मानसिक स्वास्थ्य नीति छिट्टै लागू हुने , यसरी मनाईयो स्वास्थ्य दिवश

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, २६ चैत । मानसिक स्वास्थ्य नीति, २०७३ स्वास्थ्य मन्त्रालयबाट पारित भएको छ ।

विश्व स्वास्थ्य दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले मानसिक स्वास्थ्य नीतिलाई मन्त्रालयबाट टुङ्गो लगाइएकाले मन्त्रिपरिषद्बाट पारित भई छिट्टै लागू हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो नीति कार्यान्वयनमा आएपछि मानसिक समस्या भएको मानिसले पनि सम्मानित भई बाँच्न पाउने अवस्था आउने छ ।”
त्यसअघि शुक्रवार बिहान स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवालहरुले बिहान बानेश्वरबाट माईतिघर मण्डलासम्म प्रभातफेरीको आयोजना गरेका थिए ।

यस्तै दिउसो स्वास्थ्य सस्था , हस्पिटल , औषधि उद्योगी तथा स्वास्थ्य सँग सम्बन्धीत सरोकारवालहरुले मुलुकभर बिभिन्न जनचेतनामुलक कार्यक्रम , अन्तरक्रिया लगायतका कार्यक्रम को आयोजना गरिएके थियो ।

यता काठमाण्डौ टिचिङमा पब्लीक हेल्थ स्टुडेन्ट सोसाईटिको आयोजनामा अन्तरक्रियाको आयोजना गरिएको थियो ।

यस्तै राजधानीको वसन्तपुर डवलीमा सरकारी तथा गैरसरकारी संघ सस्थाको सहभागीतामा बिशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

सो कार्यक्रममा जनचेतनामुलक नाटक , कविता वाचन , फेस पेन्टिङ , भिडियो सो लगायतका कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय  सहित  UMN., MARC NEPAL, CMC Nepal ,plan nepal WHO , TPO Nepal . CIVICT NEPAL , Ameriki care लगायतको सहभागीता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी