सोलुखुम्बु, चैत्र २२ ।
जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुमा नि:शुल्क शिविरमा मोतिबिन्दु भएका ५९ जनाको शल्यक्रिया गरिएको छ ।
तिलगङ्गा आँखा अस्पताल र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको संयुक्त आयोजनामा आइतबार र सोमबार भएको शिविरमा छ सय चार जनाको आँखा परीक्षण तथा उपचार गरिएको र त्यसमध्ये ५९ जनाको मोतिबिन्दुको शल्यक्रिया र १० जनाको आँखाको ढकनी खुम्चिएकोसम्बन्धी शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका प्रमुख ताराबहादुर वाइबाले जानकारी दिएका छन् ।
शिविर सञ्चालन गर्नुअघि जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरी जटिल समस्या भएका रोगी छनाैट गरिएको थियो । छनाैट गरिएका रोगीको विशेषज्ञसहित जिल्लास्तरमा शिविर सम्पन्न गरी उपचार गरिएको प्रमुख वाइबाले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline