अति नै भएपछि विरोधको नयाँ शैली, आधा कपाल र दाह्री खौरिएर विरोध

अति नै भएपछि विरोधको नयाँ शैली, आधा कपाल र दाह्री खौरिएर विरोध

  • सोमवार, चैत्र २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी, चैत्र २१ ।
कोही कसैको माग यदि सम्बन्धित निकायले समयमा पूरा नगरेको खण्डमा उनीहरूले माग पूरा गराउन विभिन्न किसिमका कार्यक्रमहरू अघि सार्दै आफ्ना मागहरू पूरा गर्न दबाब दिने गर्छन् । कसैले चक्का जाम, कसैले विरोध ¥याली त कसैले बन्द गर्दै आफ्ना मागहरू सम्बोधन गराउन दबाब दिने गर्छन् ।

तर, भारतको नयाँ दिल्लीस्थित तामिल नाडुका किसानहरूले आधा कपाल खौरेर विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले कपाल, दाह्री र जुँगा आधा खौरेर विरोधमा उत्रिएका हुन् । यो वर्ष भारतको तामिल नाडु क्षेत्रमा खडेरी परेको थियो ।

सो खडेरीका कारण उनीहरू दुःखमा जिउन बाध्यपछि भारत सरकारले आफूहरूलाई सहयोग गर्नुपर्छ भन्दै सो क्षेत्रका किसानहरू केही सातादेखि आन्दोलित छन् । उनीहरूले भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तरमन्तरमा आफ्ना मागहरू तेस्र्याउँदै आन्दोलन गर्दै आइरहेका छन् ।

यति मात्र नभई उनीहरूले आन्दोलनको स्वरूपसमेत परिवर्तन गर्दै अनौठा शैलीहरू पनि अपनाएका छन् । आन्दोलनमा सहभागी किसानहरूले केही दिनदेखि मानवको खप्पर बोकेर, मुसा र सर्पको मासु खाएर सांकेतिक विरोधसमेत गरेका छन् ।

खडेरीका कारण त्यस क्षेत्रमा केही उत्पादन नभएको र ती किसानहरूले मुसा र सर्पको मासु समेत खान बाध्य भएको उनीहरूको गुनासो रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी