भरतराज शर्मा(गोपाल) /धरान ।
सुनसरीमा ७ लाख ७० हजार २७ जनालाई हात्ती पाईले रोग विरुद्धको औषधि वितरण गरिने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी १७ देखि तिन दिन सम्म हात्तीपाईले रोग विरुद्धको औषधि वितरणका लागि अभियान चलाईने भएको जानकारी गराएको हो ।
सुनसरी जिल्लाको कुल जनसङ्ख्या ८ लाख १९ हजार ५सय ९१ मध्ये बालबालिका,गर्भवती र ७० बर्षमाथिका उमेर समुहका बाहेक ७ लाख ७० हजार २७ जनामा हात्ती पाईले रोग विरुद्धको औषधि वितरण गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्दराज गौतमले जानकारी दिनुभएको छ ।
दुई उपमहानगरपालिका ४ नगरपालिका र ६ गाउँपालिकामा बसोवास गर्ने सबैलाई सर्वशुलभ ढङ्गले हात्ती पाईले विरुद्धको औषधि उपलब्ध गराउनका लागि ३ हजार ५ सय २५ जना स्वास्थ्यकर्मी एवम स्वास्थ्य स्वयम सेविकाहरु परिचालित गरिने भएको समेत गौत्मले बताउनुभयो ।
पत्रकार सम्मेलनमा आफुहरुले लक्षित वर्गलाई रोग लाग्न नदिने अभियान अन्र्तगतको औषधि उपलव्ध गराउने बाहेक आफुहरुसंग जिल्लामा हात्ती पाइले समस्या भएका ब्यक्ति कति छन भन्ने यकिन तथ्याकं नभएको समेत स्वास्थ्य प्रमुख गौतमले बताएका छन ।
सम्मेलनमा हात्ती पाईले रोग विरुद्धको औषधि वितरणको ६ बर्षे अभियानका क्रममा अहिले अन्तिम बर्षको अभियान चलिरहेको छ ।