मिर्गौलापीडित रानाद्धारा सहयोगको याचना 

मिर्गौलापीडित रानाद्धारा सहयोगको याचना 

  • सोमवार, फाल्गुन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

पाल्पा, १६ फागुन ।सिलुवा गाविस–४ मनहरी, पाल्पा बस्ने दुवै मिर्गौलापीडित २६ वर्षीेया खुमीसरा रानालाई दुवै मिर्गाैलाले काम नगरेपछि उपचारमा समस्या परेको छ ।

आठ महिनाको बालक काखमा च्यापेर रानाले उपचारमा सहयोग गर्न सबैसँग सहयोगको याचना गर्नुभएको छ ।

मिर्गौला प्रत्यारोपण गर्नका लागि ठूलो रकम लाग्ने अस्पतालले बताएपछि उहाँलाई उपचारमा समस्या परेको हो । मिर्गौलापीडित राना र उहाँका श्रीमान् रामपुर नगरपालिका–७ मा सञ्चालित कालिका चाउचाउ उद्योगमा मजदुरी गर्दै आउनुभएको छ ।

डेढ महिनादेखि मिर्गौला रोगको उपचार गराइरहनुभएकी रानालाई अस्पतालले रु १० लाख जति रकम लाग्ने बताएपछि उहाँको परिवार चिन्तामा रहेको छ । बुटवलको गौतम बुद्ध र काठमाडौँको किस्ट अस्पतालमा उपचार गर्दा अहिलेसम्म रु दुई लाख रकम खर्च भइसकेको उहाँका भाइ छवि राईले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी