पृथ्वी जत्रै ७ वटा नया ग्रह पत्ता लाग्यो

पृथ्वी जत्रै ७ वटा नया ग्रह पत्ता लाग्यो

  • शुक्रबार, फाल्गुन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

लन्डन- अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) का खगोलशास्त्रीले एउटा तारालाई परिक्रमा गरिरहेका पृथ्वीजत्रै आकारका सात नयाँ ग्रह पत्ता लगाएका छन्। पृथ्वीबाट ४० प्रकाशवर्षको दुरीमा रहेका भनिएका ती ग्रह भेटिनुलाई ‘पृथ्वीबाहिर जीवनको अस्तित्व रहेको पत्ता लगाउने दिशामा महŒवपूर्ण खोज’ मानिएको छ । तीमध्ये तीनवटामा पानीको सतहसमेत पाइएकाले मानव बस्न योग्य हुनसक्ने आँकलन गरिएको छ।

‘नेचर’ नामक जर्नलको अनलाइन संस्करणमा बुधबार प्रकाशित नासाको अनुसन्धान रिपोर्टले ‘मिल्की वे’ तारापुञ्जको ‘ट्र्यापिस्ट वान’ नाम गरेको तारालाई परिक्रमा गरिरहेका ती ग्रह अमेरिकी अन्तरिक्ष निकाय नासाले दूरदर्शक यन्त्र टेलिस्कोप र पृथ्वीबाट गरिएका अवलोकन विधिबाट पत्ता लगाएको उल्लेख छ।

म्यासाचुसेस्टस इन्स्टिच्युट अफ टेक्नोलोजीकी ग्रहसम्बन्धी विज्ञानकी प्राध्यापक सारा सिगरले पछिल्लो खोज निकै महत्वपूर्ण भएको बताइन्। ‘यो खोजसँगै हामीले पृथ्वीबाहिर बस्नयोग्य क्षेत्र र जीवन खोज्ने दिशामा एकदमै ठूलो फड्को मारेका छौँ। किनभने एउटा मात्र ग्रह नभएर धेरैवटा ग्रह पत्ता लागेको छ, हामीसँग अब मौका र सम्भावना पनि धेरै छन्’, उनले थपिन्।

अहिले उपलब्ध प्रविधिअनुसार पृथ्वीबाट ती ग्रहसम्म पुग्न कयौं लाख वर्ष लाग्ने पनि वैज्ञानिकले बताएका छन्।

अनुसन्धानका प्रमुख लेखक माइकल गिलोनले भने, ‘ती ग्रह एकअर्काको एकदमै नजिक तथा आफ्नो ताराको नजिकै छन् र हेर्दा बृहस्पति गृहका चन्›मा जस्तै देखिन्छन्।’

उनका अनुसार ‘ट्र्यापिस्ट वान’ तारा एकदमै सानो छ र सातवटै ग्रहको तापक्रम मध्यम छ जसको अर्थ त्यहाँ तरल अवस्थामा पानी हुन सक्छ र सम्भवतः जीवनको अस्तित्वसमेत फेला पर्न सक्छ।

नासाको पछिल्लो तथ्यांकले अहिलेसम्म ३ हजार ४ सय ४९ वटा ग्रह पत्ता लागिसकेको देखाउँछ। पर रहेका चम्किला ताराहरुलाई अध्ययन गर्दा प्रकाशका कारण टेलिस्कोपबाट देख्न गाह्रो हुने अवस्था ‘ट्र्यापिस्ट वान’ ताराको अवलोकन गर्दा भने वैज्ञानिकहरुले भोग्नु नपरेको रिपोर्टमा जनाइएको छ। एकदमै पर र वायुमण्डलभन्दा निकै टाढा रहेको विश्वबारे थप अनुसन्धान गर्न पछिल्लो खोजले एउटा रोमाञ्चक बाटो खोलिदिएको वैज्ञानिकहरुले विश्वास गरेको बिबिसीले लेखेको छ।

अनुसन्धानको अर्को चरणअन्तर्गत नयाँ पत्ता लागेका ग्रहहरुमा के भइरहेको छ भन्ने जान्न त्यहाँ अक्सिजन र मिथेन पाइन्छ कि पाइँदैन भनेर प्रमाण खोज्ने क्रम सुरु भइसकेको पनि जानकारी दिइएको छ।

बिबिसी भन्छ- सौर्य प्रणालीबाहिरका ग्रहहरुमा जीवन हुनसक्ने निष्कर्षमा सजिलै पुग्न सकिँदैन तर यो नयाँ ग्रह प्रणालीले त्यहाँ जीवन रहेको या नरहेको संकेतबारे अनुसन्धान गर्ने एउटा सुनौलो मौका भने उपलब्ध गराएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी