महिनावारीका बेला सरसफाइमा ध्यान दिनुपर्ने

महिनावारीका बेला सरसफाइमा ध्यान दिनुपर्ने

  • बुधबार, फाल्गुन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, ९ फागुन । तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, रजस्वलामा गडबडी हुनेजस्ता समस्या लिएर चिकित्सककहाँ पुग्ने महिलामध्ये अधिकांशलाई महिनावारीका बेला सरसफाइमा लापरबाही गर्दा समस्या उत्पन्न भएको नागार्जुन नगरपालिकामा आयोजित एक कार्यक्रममा बताइएको छ ।
“महिनावारीका समयमा स्वच्छताप्रति गम्भीर नहुँदा गुप्तांगको बाहिरी सतह मात्र नभई मूत्रमार्गरप्रजननमार्गमा विभिन्न संक्रमण, बाँझोपन, गर्भाशयबाहिर गर्भ बस्नेजस्ता जटिलता देखिनुका साथै क्यान्सरसम्म हुन सक्छ ।”
महिनावारी सरसफाइ व्यवस्थापन तथा घरेलु सेनिटरी प्याड तयारी सम्बन्धी सीपमूलक तालिमका प्रशिक्षकले भने ।महिनावारीमा स्वच्छताको अभावले हुने स्वास्थ्य समस्यालाई लिएर हाम्रो मुलुकमा हालसम्म कुनै महत्त्वपूर्ण अध्ययन नभए पनि यसको मारमा पर्नेहरूको संख्या उल्लेख्य भएको  हरिसिद्धि महिला विकास समितिकी सचिव सञ्जिता नेपालीले बताइन् ।
आर्थिक लगायतका अन्य कारणले महँगो प्याड उपयोग गर्न नसक्ने महिलाहरू प्रशस्त छन् । महिनावारी प्रबन्धनमा सामान्य कपडासमेत उपयोगमा आउन सक्छ । तर, त्यसलाई त्यस्तो कपडा स्वच्छ हुनु अत्यावश्यक छ ।उनले भनिन् ।
तालिम समापन समारोहमा नागार्जुन नगरपालिका कार्यालयका कार्यकारी अधिकृत जगन्नाथ लामिछाने र राजश्व शाखा राजेन्द्र प्रसाद गौतमले बोलेका थिए ।
नागार्जुन नगरपालिका कार्यालयको आर्थिक सहयोगमा हरिसिद्धि महिला विकास समितिले आयोजना गरेको तालिममा २८ जना महिलाको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी