लागुऔषध रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न माग

लागुऔषध रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न माग

  • बुधबार, माघ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, २६ माघ । मानवअधिकार तथा शान्ति समाजले लागुऔषध तथा मदिरा दुव्र्यसन रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न आग्रह गरेको छ ।

समाजको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी अभियान घोषणा गरि प्रधानमन्त्रीको अध्यक्षतामा आगुऔषध मदिरा दुव्र्यसनी रोकथामको उद्देश्यसहित विशेष निकाय गठन गर्न पनि आग्रह गरेको छ ।

प्रधानमन्त्री दाहालले दुव्र्यसन नियन्त्रणका लागि कार्ययोजनाले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै समाजले दिएका सुझावलाई सरकारले कार्यान्वयन गर्ने बताउनुभएको समाजका अध्यक्ष गङ्गाधर अधिकारीले बताउनुभयो ।

अध्यक्ष अधिकारीले लागुऔषध तथा मदिरा दुव्र्यसनले महामारीको रुप लिन लागिरहेकाले यसको अगाडि नै रोकथामका लागि राष्ट्रिय कार्ययोजना तयार पार्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीसँगको भेटमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गङ्गाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल र महासचिव उत्तम पुडासैनी लगायतको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी