संसार ध्वस्त पार्न सक्ने हाईड्रोजन बम के हो ?

संसार ध्वस्त पार्न सक्ने हाईड्रोजन बम के हो ?

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 24.5K
    SHARES

एजेन्सी । संसार तहस नहस पार्न सक्ने हाईड्रोजन बम पछिल्लो पटक सन् २०१७ मा उत्तर कोरीयाले परीक्षण गरे पछि यसको खतरा कति छ भन्ने जिज्ञासा र चर्चा छ । एटम बमकै सुधारिएको  रुप भएको हुनाले यो निकै नै खतरनाक रहेको मानिन्छ ।
हाईड्रोज बममा हाईड्रोजनको डुटेरियम र ट्रिटियम प्रयोग गरिएको हुन्छ । हाईड्रोजन बम विष्फोट हुदा सूर्यले जत्तिकै तापमान निस्कने वैज्ञानिहरुको भनाई छ ।  सबै भन्दा पहिलो हाईड्रोजन बम मार्सल आईल्याण्डमा परीक्षण गरिएको थियो । जसले आईसल्याण्ड र आसपासको क्षेधमा पुरै जीवहरुलाई नष्ट गरेको थियो । हाईड्रोजन बमको अहिले सम्म पाच पटक पाच वटा देशले परीक्षण गरेका छन् । सन् २०१६ मा उत्तर कोरीयाले गरेको भनिएको परीक्षण आधिकारीक परीक्षण भित्र सामेल गरिएको छैन ।

 

यो बम बनाउने  बैज्ञानिक एनरीको फर्मि हुन् । उनले रसायन सास्त्रको विभिन्न सुत्र प्रयोग गरी यसको निष्कर्ष निकालेका थिए ।  यद्यपि हाईड्रोजन बमको सिद्धान्तको जानकारी भने एडवार्ड टेलरले गराएका थिए । फ्युजन र फिसनको रिएक्सनकै आधारमा यो एक्टिभ हुन्छ ।


सन् १९५१ मा पहिलो परीक्षण गरिएको थियो । हाईड्रोजन बम , अमेरीका, रुस, चीन, ब्रिटेन , फ्रान्स र भारतसगँ मात्र रहेको छ ।   यो बम परमाणु बम भन्दा एक हजार गुणा शक्तिशाली हुने वैज्ञानिकहरुले बताएका छन् । यद्यपि, यो बम हाल सम्म कुनै पनि युद्धमा प्रयोग भएको छैन ।
हाईड्रोजन बमको सानो डिभाईसले संसार तहस नहस बनाउन सक्ने चिन्ता गर्न थालिएको छ ।  पहिलो हाईड्रोजन बम परीक्षण गर्दा एक करोड टन टिएनटी उर्जा पैदा भएको थियो । हाईड्रोजम बमको रिएक्सन शुरु गर्न ५ करोड डिग्रि तापक्रमको आवस्यकता पर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी