गर्भपतन र नवजात शिशुको उपचार प्रसूति गृहमा निःशुल्क

गर्भपतन र नवजात शिशुको उपचार प्रसूति गृहमा निःशुल्क

  • बुधबार, माघ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ  ।  थापाथलिमा रहेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल ९प्रसूति गृह० मा सुरक्षित गर्भपतन र नवजात शिशुको उपचार सेवा निःशुल्क गरिएको छ। सोमबारदेखि यी दुवै सेवा निःशुल्क गरिएको अस्पतालका निमित्त निर्देशक डा.अमिरबाबु श्रेष्ठले बताउनु भयो ।  अस्पतालमा यसअघि १२ हप्तासम्मको गर्भपतन सेवाका लागि ८ सय रुपैयाँ लिने गरिएको थियो। नवजात शिशुको उपचार सेवामा समेत शुल्क तिर्नुपर्थ्यो।

यसैगरी, अस्पतालले यो साताभित्रै क्यु सिस्टमको सुरुवात गर्ने जनाएको छ। डा. श्रेष्ठले भने, ‘उपचार सेवा लिन आउनेको भीड व्यवस्थापन गर्न चाँडै क्यु सिस्टम लागू गर्दैछौं।’ प्रसूतिले १० देखि ५ बजेसम्मै ओपिडी सेवा प्रदान गर्ने व्यवस्था पनि गरेको छ। सोमबारदेखि अस्पतालले आफ्नै फार्मेसी समेत सञ्चालनमा ल्याएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी