एक दिने मनोसामाजिक स्वास्थ्य तालिम सम्पन्न

एक दिने मनोसामाजिक स्वास्थ्य तालिम सम्पन्न

  • मङ्लबार, माघ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं ।

मानसिक तथा मनोसामाजिक सुस्वास्थ्उको लागि राष्ट्रिय अभियानले आज काठमाडौंमा तेस्रो एक दिने मनोसामाजिक स्वास्थ्य तालिम सम्पन्न गरेको छ । मनोसामाजिक स्वास्थ्यको बारेमा सचेतना बढाउने उदेश्यले गठित अभियानले स्वयंसेवकहरु परिचालन गर्न आज मनोसामाजिक स्वास्थ्य तालिम संचालन गरेको हो ।

देश भरि मनोसामाजिक समस्याको सचेतना अभिवृद्धि गर्नको लागि संगठित अभियानको रुपमा सुरु गरिएको अभियान अर्न्तगत जिल्ला जिल्लामा अभियानकर्ताहरुको छनौट गर्ने काम जारी रहेको अभियानका संयोजक मनोविद् गोपाल ढकालले बताए ।

मनोसामाजिक समस्यामा रहेका व्यक्तिहरु घर परिवार तथा सामाजिक वेवास्ता तथा सामाजिक कलंकका डरले लुकाउने प्रचलन रहेकोले यसको विरुद्ध व्यापक र संगठित प्रयासको आवश्यकता महशुष गरी अभियान शुरु गरिएको हो।

अभियानलाई बलियो रुपमा समाजमा लैजान अनुभवि अभियन्ताहरुको आवश्यक रहेकाले अभियानले इच्छुक व्यक्तिहरुलाई तालिम दिंदै आएको र आगामी दिनमा पनि यस्ता तालिमहरु गर्दै लैजाने संयोजक ढकालले बताए

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी