सुरक्षित यौन सम्पर्कका लागि पुरुषले मात्रै अक्सर कण्डमको प्रयोग गर्ने गरेका छन् । तर संसारमा महिलाको लागि पनि कण्डमको विकास भएको धेरै भईसक्यो तर दक्षिण एशिाली मुलुक भारत नेपालमा यसको प्रयोगमा उल्लेख्य वृद्धि हुन सकिरहेको छैन ।
भारतको ठूलो यौन बजार मुम्बईमा समेत कण्डम प्रयोग गर्ने महिलाको संख्या कमै रहेको देखिएको छ ।
मञ्जरी नामकी एक मुम्बईकी महिलाले शुरुशुरुमा योनीमा कन्डम ईन्सर्ट गर्न गाह्रो लाग्ने भए पछि विस्तारै यो आरामदायी र आनन्ददायी हुने बताएको बिबिसीले लेखेको छ ।
कण्डम निर्माता कम्पनी क्युपिडले मुम्बईको ६० प्रतिशत महिलाहरुलाई फिमेल कण्डमको बारेमा जानकारी नभएको अनुसन्धान पछि लेखेको छ ।
भारत जस्तो जनसंख्या ठूलो भएको मुलुकमा समेत यो कण्डम ५० हजारको हाराहारीमा मात्रै बार्षिक खपत हुने गरेको जनाईएको छ ।
नेपालमा पनि सिआरएस लगायत विभिन्न बहुराष्ट्रिय कम्पनीले यस्तो कण्डम बिक्री गर्ने गरेको छ । पुरुषको भन्दा महिलाले प्रयोग गर्ने कण्डमको मुल्य केही बढी रहेको छ ।