रुघाखोकीको औषधीमा प्रयोग गरिने रसायन प्रयोगमा बन्देज

रुघाखोकीको औषधीमा प्रयोग गरिने रसायन प्रयोगमा बन्देज

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं । नेपालमा रुघाखोकी लगायतको औषधी बनाउन प्रयोग गरिने सिउडोफेड्रिन नामक रसायन बन्द गरिएको छ ।

औषधी व्यवस्था विभागले यो रसायन मिश्रण गरिएका औषधी दर्ता नगर्ने जनाएको छ । सिउडोफेड्रिनका नाममा फेनाइलेफिरिन प्रयोगमा ल्याउने निर्णय गरिएको छ ।

सिउडोफेड्रिन नामक रसायन औषधी बनाउने नाममा नेपाल भित्र्याएर अन्तर्रा्ष्ट्रिय लागू औषध व्यापारीलाई बिक्री गरिँदै आएको यसअघि खुलेको थियो ।
यसकारण अवदेखि उक्त रसायन नेपाल भित्र्याउन नपाउने र उक्त रसायन मिश्रित औषधी ६ महिनाभित्र हटाइसक्नुपर्ने नियम बनाइएको छ ।
केही समयअघि सिउडोइफेड्रिन नामक सहायक रसायन(प्रिक्रसर) लागूऔषध कारोबारीलाई बिक्रि गर्दै आएको खुलेपछि आर्या फर्मास्युटिकल्स सञ्चालक लगायतलाई प्रहरीले फक्राउ गरेको थियो
उक्त फर्मास्युटिकल्सले एमफेटामाइन(आइस ड्रग) बनाउने समूहलाई संघाई समूहले बिक्रि गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको थियो ।

उक्त सहायक रसायन चीन र बर्मामा तस्करी हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । सिउडोइफेड्रिनको प्रतिकिलो करिब एक सय डलर पर्दछ । तर नेपालबाट एक किलोको ८० हजार रुपैयाँमा बिक्रि गर्दै आएको बताइएको छ । यसरी बिक्री गर्दा ८ गुणा बढी नाफा हुने प्रहरीले जनाएको छ । उक्त प्रिक्रसर स्वीजरल्याण्डबाट नेपालमा आयात हुने गरेका थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी