शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आजदेखि सिटी स्क्यान सेवा सुरु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आजदेखि सिटी स्क्यान सेवा सुरु

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौ १० माघ । 

काठमाडौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आजदेखि औपचारिक रुपमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालको ८३ औँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले उक्त सेवाको उद्घाटन गर्नुभएको हो ।

झाडापखालाको प्रकोप देखिएपछि उपचारका लागि ८३ वर्ष अगाडि स्थापित अस्पतालमा अहिले सम्पूर्ण सरुवा रोग तथा रेबिज र सर्पदंशको समेत उपचार हुने गरिन्छ । अहिले सय शय्या सञ्चालन भइरहेको र अब तीन सय शय्या बनाउने दीर्घकालीन योजना अस्पतालको छ ।

अस्पतालको सुधारका लागि मङ्सिर महिनादेखि सिटी स्क्यान सेवा सुरु गरिएको तथा एक सातापछि चार शय्याको सघन उपचार कक्ष पनि सञ्चालन गर्ने तयारी अन्तिम चरणमा रहेको अस्पतालका निर्देशक डा रमेश खरेलले बताउनुभयो ।

दुई वर्षभित्र निर्माण सक्ने गरी करिब रु ५७ करोडमा बन्ने एक सय ४६ शय्याको नयाँ भवनमा वृद्धवृद्धा विभाग, रेबिज– सर्पदंश– जटिल खालको क्षयरोग विभाग तथा एचआइभी एड्सको छुट्टै विभाग रहने अस्पताल प्रशासनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी