वीर अस्पतालले नै फार्मेसी सञ्चालनमा ल्याएपछि बिरामी खुसि

वीर अस्पतालले नै फार्मेसी सञ्चालनमा ल्याएपछि बिरामी खुसि

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ, ६ माघ । नेपालको सबैभन्दा पुरानो वीर अस्पतालले आफ्नै फार्मेसी सेवा सञ्चालनमा ल्याएपछि बिरामिहरु खुसि भएका छन् । बिरमा उपचार गराएर औषधि किन्न निजी मेडिकलमा जानुपर्ने बाध्यता हटेपछि आफुहरुलाई सहज भएको अस्पतालमा उपस्थित बिरामिको प्रतिक्रिया छ ।

अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले स्वास्थ्य मन्त्रालयले दिएको रु ३० लाखबाट फार्मेसी सुरु गरिएको जानकारी दिदै फार्मेसीबाट बिरामीले बजार मूल्यभन्दा सस्तोमा गुणस्तरीय औषधि खरिद गर्न सक्ने बताउनु भयो।

अहिले उपलब्ध नभएका औषधि बिस्तारै थप गर्दै जाने उहाँले बताउनु भयो । सरकारी अस्पतालले आफैँले फार्मेसी सञ्चालन गर्नुपर्ने सरकारले केही वर्षअघि नै निर्णय गरेको थियो । तर धेरै अस्पतालले विभिन्न कारण देखाउँदै फार्मेसी सञ्चालनमा ल्याएका थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी